काठमाडौँ, असोज २७ गते । स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रु. दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू. तीन हजार २२० मा खरिदबिक्री हुनेछ ।
हिजो आइतबार सुन प्रतितोला रू. दुई लाख ३८ हजार र चाँदी प्रतितोला रू. तीन हजार एक सय २५ मा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार ७१ अमेरिकी डलर हाराहारी कारोबार भइरहेको छ । रासस