खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक
गत कात्तिक महिनामा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ ।
चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो
चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ ।
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ७४ अङ्कले बढेर दुई हजार ६०१ दशमलव ६१ को बिन्दुमा कायम भएको हो ।
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र
केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ ।
एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर फिर्ता
सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ठूलो मात्रमा कर फिर्ता गरेको हो ।
हालसम्मकै उच्च मूल्यमा सुन
स्थानीय बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । शुक्रबार प्रतितोला दुई लाख ५६ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य तोलामा दुई हजार दुई सय रुपियाँ बढेर दुई लाख ५८ हजार आठ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
गोलभेँडामा कलमीको बढी आकर्षण
तरकारी उत्पादक किसानले तरकारीबालीमा कलमी प्रविधिबाट तयार गरिएका बेर्ना लगाउन थालेका छन् । तरकारी खेतीमा माटो, रोग र किराबाट नोक्सानी बेहोर्दै आएका तरकारी किसानले कलमी बिरुवा लगाउन थालेका हुन् ।
जहाँ बोक्रा र बियाँ खल्तीमा हाल्नु पर्छ
परैबाट देख्न सकिने इलाम नगरपालिका–५ का किसान सामवेद चापागाईंको सुन्तला बगान यतिबेला घुमौँ घुमौँ लाग्छ । सुधारिएको कृषि प्रणालीभित्र व्यावसायिक सुन्तला खेती, हेर्न, बुझ्न र अध्ययन गर्न दैनिक चापागाईंको बगानमा पुग्ने निकै हुन्छन् ।करिब साढे चार सय सुन्तलाको बोट रहेको यो बगानमा यो वर्ष सुन्तला पनि निकै राम्रो फलेको छ ।
खुल्यो तातोपानी नाका
स्थानीयले बन्द गराएको सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल–चीन नाका अन्तर्गतको सडक आइतबारदेखि खुलेको छ । यससँगै सो नाकाबाट भन्सार जाँचपासको काम सुरु भएको छ ।
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ। आज नेप्से परिसूचक १२ दशमलव ५० अङ्कले घटेर दुई हजार ५९४ दशमलव ८७ को बिन्दुमा कायम भएको हो।
नयाँ दर्ता घट्दै बन्द हुने बढ्दै
मोरङमा सञ्चालित साना तथा लघुउद्योग धमाधम बन्द हुन थालेपछि यहाँ स्वरोजगार र स्थानीय उत्पादन क्षेत्र सङ्कटमा परेको छ । आर्थिक शिथिलता र अस्थिरताका कारण नयाँ उद्योग दर्तामा भारी गिरावट आएको छ भने सञ्चालनमा रहेका उद्योग पनि बन्द हुन थालेका छन् । यसले सामान्य नागरिकको आयआर्जन र रोजगारीमा गम्भीर असर पु¥याएको छ ।
पर्यटकको रोजाइमा आमपानीको झरना
टिकटक र भिडियोमार्फत चर्चा बटुलेको आमपानी क्षेत्रमा पर्यटकको भिडभाड लाग्ने गरेको छ । कहिलेकाहीँ मात्र पर्यटक जाने आमपानीमा हिजोआज पर्यटक खाली हुँदैनन् । कोही अटो लिएर, कोही बसमा त कोही मोटरसाइकलमा आमपानी पुग्ने गर्छन् । आमपानी लम्कीदेखि आठ किलोमिटर उत्तरतर्फ चुरेको फेदीमा रहेको प्राकृतिक रमणीय छटाले भरिपूर्ण छ ।
चाँदीको मूल्य एक वर्षमै दोब्बर
स्थानीय बजारमा सुनसँगै चाँदीको मूल्यसमेत निरन्तर उकालो लाग्दै गएको छ । अन्तराँष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार २०८१ मङ्सिर अन्तिम साता तोलामा एक हजार ९२५ रुपियाँ रहेको चाँदीको मूल्य बढेर अहिले तीन हजार ९०५ पुगेको छ ।
लयमा फर्कंदै पर्यटन क्षेत्र
नोभेम्बरमा नेपालमा एक लाख १६ हजार विदेशी पर्यटक घुम्न आएका छन् । पर्यटन बोर्डका अनुसार नेपालमा भारतीय पर्यटकसँगै युरोपेली पर्यटकको आगमन पनि बढ्दो छ । यससँगै जेनजी आन्दोलनपछि खस्किएको पर्यटन क्षेत्रले लय समाउन थालेको व्यवसायी बताउँछन् ।
तरकारीले फेरिदियो पहिचान
कालीकोटको दुर्गम बस्ती बद्रीगाउँको पहिचान तरकारीले फेरिदिएको छ । पहाडी भूभागमा पनि जटिल प्रकृतिको बद्रीगाउँका किसानले व्यावसायिक तरकारी खेती गरेरै आफ्नो र गाउँको मुहार फेरेका छन् । उनीहरूको मेहनतले सदरमुकाम मान्मदेखि विभिन्न सहरमा घरजग्गा जोडेका छन् ।
प्रतिफलको पुस्ट्याइँसहित बजेट बनाउनुपर्ने
अबदेखि स्थानीय तहले गाउँपालिका र नगरपालिकाको प्राथमिकता र लक्ष्यको प्रतिफल प्राप्त हुने गरी पुस्ट्याइँ गरेर मात्र नीति, कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने भएको छ । आवश्यक नीति, कानुन, खर्च मापदण्ड तथा सामाजिक कार्यक्रमका लागि गाउँ र नगर कार्यपालिकाको प्राथमिकता लक्ष्य तथा प्रतिफल प्राप्त हुने विवरणसहितको पुस्ट्याइँ पेस भएपछि मात्र नीति, कार्यक्रम र बजेट निर्माण गर्नुपर्ने छ । उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिमा उक्त कानुनी र व्यावहारिक आधारसहितको पुस्ट्याइँ गरेपछि मात्र बजेट निर्माण गर्नुपर्ने छ
कर्मचारीतन्त्र नसुध्रिई देश बन्दैन : मन्त्री घिसिङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशको समृद्धिका लागि भौतिक पूर्वाधारसँगै सोचमा परिवर्तन जरुरी भएकोमा जोड दिनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकास मन्त्रालयको समेत कार्यभार समाल्नुभएका मन्त्री घिसिङले युगको आवश्यकता र जनताका अपेक्षा पूरा गर्ने गरी राजनीतिक नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो ।
सहकारी व्यवस्थापन समिति आफैँ ‘समस्याग्रस्त’
बैसट्ठी हजार ७६० बचतकर्ताको ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रुपियाँ बचत राफसाफ गर्न सरकारले स्थापना गरेको संस्था नै भद्रगोल छ । बचतकर्ताको रकम अपचलन र आर्थिक अनियमितता गरेका २७ सहकारीलाई समस्याग्रस्त घोषणा गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय आफैँ ‘समस्याग्रस्त’ भएको हो ।
विश्वम्भरको जर्बुटा कला अद्वितीय
कलाकार विश्वम्भर लामिछाने हरेक रुख, बोटबिरुवाको जरा र हाँगालाई विशेष रूपमा नियाल्नुहुन्छ । त्यसलाई सुमसुम्याउनुहुन्छ । सफा गर्नुहुन्छ । त्यसमा विभिन्न भाव सन्देशसहितको विम्ब खोज्नुहुन्छ वा परिकल्पना गर्नुहुन्छ । परिकल्पनालाई साकार पार्न सामान्य काँटछाँट, ताछतुछ गरेर रङरोगन भरेर एउटा विस्तृत कथासहितको अद्वितीय कला सिर्जना गर्नुहुन्छ । कथासहितको कला तयार भएपछि आत्मसन्तुष्टिसहित मुस्कुराउनुहुन्छ । प्रेमसहित आफ्नो सङ्ग्रहालयमा एउटा अतुलनीय र अद्वितीय कला थप्नुहुन्छ ।
केन्द्रीय बैङ्कले उपदान कोषमा रहेको रकम लगानी गर्ने
नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु छ अर्ब ६० करोड बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
पचास वर्षमा ऐन कार्यान्वयन , सल्लाको आँख्लाको निर्यात सुरु
करिब ५० वर्षअघि कानुन बने पनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेसन नेपालगन्जस्थित आइसिपीबाट देशमै पहिलो पटक सुरु गरिएको छ । यस प्रक्रियामा काठ तथा जडीबुटीलाई एकदमै बन्द ठाउँमा राखेर मिथाइल ब्रोमाइड ग्यास छाडेर कीटाणु र कीट नियन्त्रण गरेर स्वच्छ बनाइन्छ ।
भियतनामी लगानीकर्ता जलविद्युतमा इच्छुक
नेपाल उद्योग वाणिज्य महासङ्घ र भियतनामको अर्थतन्त्र मन्त्रालयअन्तर्गतको लगानी प्रवर्धन र अन्तर्राष्ट्रिय सहकार्य विभागबिच आज द्विपक्षीय लगानी र व्यापारका सम्बन्धमा छलफल भएको छ ।
अध्यक्षमा अक्षय
व्यावसायिक घराना गोल्यान ग्रुपको अध्यक्षमा अक्षय गोल्यान चयन हुनुभएको छ । शुक्रबार सम्पन्न गुरपको वार्षिकोत्सवमा अध्यक्षमा गोल्यान चयन हुनुभएको जनाइएको छ । पारिवारिक एकता र रणनीतिक निरन्तरताको सन्देश दिँदै ग्रुपका उपाध्यक्ष वासुदेव गोल्यानले अक्षयलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरिएको जानकारी दिनुभयो ।