• २२ वैशाख २०८३, मङ्गलबार

राखेपका १९ जना पदाधिकारी पदमुक्त

blog

काठमाडौँ, वैशाख २२ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ जना पदाधिकारी पदमुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा शनिबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३’ जारी गरेपछि राखेपका पदाधिकारी मुक्त भएका हुन् ।

युवा तथा खेलकुद मन्त्रालयले मङ्गलबार राखेपका १९ जना बोर्ड सदस्यलाई पदमुक्त भएको जानकारी गराएको छ । राखेपबाट पदमुक्त भएकामध्ये राखेपका उपाध्यक्ष ध्रुव आचार्यले यसअघि नै पदबाट राजीनामा दिइसक्नुभएको थियो । 

बोर्डबाट पदमुक्त हुने सदस्यहरूमा नन्दा बस्याल, जगतसिंह धामी, सुवर्ण श्रेष्ठ, शान्तिकुमारी चौधरी, आनन्दकुमार झा, हिमालकुमार श्रेष्ठ, कमलबहादुर भट्टराई, भानबहादुर चन्द, अञ्जना श्रेष्ठ, डा.मधुसूदन सुवेदी, रामचन्द्र श्रेष्ठ, रञ्जना प्रधान, विदुर ढुङ्गाना, प्रयास कार्की, कुमार लामा घिसिङ, रोजेश खड्का, सन्तकुमार मेहता र जगतबहादुर टमाटा रहनुभएको छ ।