शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, कात्तिक ३० गते । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा पदमा डा.केशरबहादुर ढकाल नियुक्त हुनुभएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहनुभएका डा.ढकाल विभागको महानिर्देशकमा नियुक्त हुनुभएको हो ।
यसअघि, विभागका महानिर्देशक डा.टंक बाराकोटीले स्वास्थ्य तथा पारिवारिक कारण देखाउँदै गत आइतबारबाट लागू हुने गरी पदबाट राजीनामा दिनुभएको थियो । डा.बाराकोटीको राजिनामा स्वीकृत भईसकेको थियो ।