तम्घासमा विद्यार्थीको मुटु परीक्षण
गुल्मीको सदरमुकाम तम्घासमा विद्यार्थीहरुको मुटु परीक्षण गरिएको छ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थको आयोजना तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान गुल्मीको सहआयोजनामा यहाँ अवस्थित रेसुङ्गा माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यलयमा अध्ययनरत विद्यार्थीहरुको निःशुल्क मुटु परीक्षण गरिएको हो ।
सन् २०२५ मा राष्ट्रिय खोप कार्यक्रमका ऐतिहासिक उपलब्धि
सन् २०२५ लाई फर्केर हेर्दा नेपालको राष्ट्रिय खोप कार्यक्रमले स्वास्थ्य क्षेत्रमै ऐतिहासिक उपलब्धिहरू हासिल गरेको देखिएको छ।
‘हेल्थी स्माइल, हेल्थी गोदावरी’ अभियान विद्यालयमा
गोदावरी नगरपालिकाले बालबालिकाको दन्त स्वास्थ्य प्रवर्धन गर्ने उद्देश्यसहित विद्यालय केन्द्रित कार्यक्रम सुरु गरेको छ। ‘हेल्थी स्माइल, हेल्थी गोदावरी’ नाम दिइएको कार्यक्रम बिहीबारदेखि गोदावरी नगरपालिका–१४ ठेचोस्थित सरस्वती माध्यमिक विद्यालयबाट सुरु गरिएको हो।
गृहमन्त्रीद्वारा वीर अस्पतालमा पुगेर अनशनरत डा. भुसालसँग भेट
गृहमन्त्री ओमप्रकाश अर्यालले अनशनरत डा. निकोलस भुसालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको छ । गृहमन्त्री अर्यालले वीर अस्पतालमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
देशभर वायु प्रदूषण उच्च, बाहिर निस्कँदा मास्क लगाएर मात्र निस्कन आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घर बाहिर निस्कनु परेमा मास्क लगाएर मात्र निस्कन आग्रह गरेको छ ।
सम्झौताको समय सकियो, ठेकेदार सम्पर्कविहीन
निर्माण कम्पनीको लापरबाही र बेवास्ताका कारण बाँके जिल्लाको जानकी गाउँपालिका–५ मा निर्माणाधीन सुत्केरी भवन अलपत्र अवस्थामा छ । करिब एक करोड २५ लाख रुपियाँ लागतमा सुरु गरिएको सो भवन ठेकेदारको लापरबाहीका कारण अलपत्र परेको हो ।
गाउँमै विशेषज्ञ सेवा पाउँदा अपाङ्गता भएका व्यक्ति हर्षित
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट पालिकाभित्रका अपाङ्गता भएका व्यक्तिहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् ।
स्वास्थ्यका उपकरण मर्मत गर्ने प्राविधिकको अभाव
जिल्लाका कतिपय स्वास्थ्य संस्थामा शिशुको धड्कन सुन्ने आधुनिक मेसिन डप्लर बिग्रिदा पुरानो प्रविधि फिटोस्कोपको प्रयोग गर्नुपर्ने बाध्यता छ ।
१०३ वर्षीय वृद्धाको न्युरो शल्यक्रिया
वीर अस्पतालमा विश्वमै दुर्लभ न्युरो शल्यव्रिmया सफल भएको छ । अस्पतालका न्युरो विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा काठमाडौँ कोटेश्वर निवासी १०३ वर्षीय तोरणकुमारी बानियाँको सफल शल्यक्रिया भएको हो ।
मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुन्छ : स्वास्थ्यमन्त्री डा. गौतम
स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला कार्यान्वयन हुने प्रतिबद्धता जनाउनु भएको छ।
स्वास्थ्य अवस्था बिग्रिएपछि अनशनरत डा.निकोलस अस्पताल भर्ना
काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनरत डा.कमल भुसाल (डा निकोलस भुसाल)को स्वास्थ्य अवस्था बिग्रदै गएपछि उहाँलाई थप उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ।
गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम
गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो ।
सन् २०२५: अत्यन्त तातो वर्ष
वैज्ञानिकका अनुसार सन् २०२५ मानव गतिविधिबाट प्रेरित जलवायु परिवर्तनका कारण इतिहासकै सबैभन्दा तातो तीन वर्षमध्ये एक बनेको छ ।
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा.शेर्पा विजयी
नेपाल मेडिकल काउन्सिलको निर्वाचनबाट उपाध्यक्ष पदमा डा. कुञ्जाङ शेर्पा विजयी हुनुभएको छ ।
वीरेन्द्र अस्पतालको शतवार्षिकी सम्पन्न
नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले आफ्नो स्थापनाको १००औँ वर्ष पूरा गरेको छ ।
‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक तथा शारीरिक क्षमता बढाउँदै
बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ प्रभावकारी बन्दै गएको छ ।
गुल्मीदरबार आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुँदै
गुल्मीको गुल्मीदरबार आधारभूत अस्पतालबाट स्वास्थ्य बिमा सेवा सुरु हुने भएको छ । स्वास्थ्य बिमा बोर्ड र गुल्मीदरवार गाउँपालिकाबिच सेवा सञ्चालनका विषयमा सम्झौता भएको छ ।
चिसो र शीतलहरबाट बच्ने उपाय अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिसो र शीतलहरबाट बच्ने उपाय अपनाउन आग्रह गरेको छ ।
'सुत्केरी र गर्भवतीका लागि आइरन चक्कीसमेत किन्न सकिएको छैन'
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले पछिल्लो दुई वर्षमा सुत्केरी र गर्भवतीका लागि चाहिने आइरन चक्कीसमेत किन्न नसकिएको बताउनुभएको छ ।
स्वास्थ्य मन्त्री डा.गौतमले सार्वजनिक गर्नु भयो दुई महिने कार्य विवरण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा.सुधा गौतमले आफ्नो कार्यभार सम्हालेको दुई महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्नुभएको छ।
स्वास्थ्य बिमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा. गौतम
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले स्वास्थ्य बिमाका प्रावधानहरू सुधार एवं परिमार्जनका लागि गृहकार्य भइरहेको बताउनुभएको छ ।
श्रवणदृष्टि विहीन बालबालिका शिक्षाको पहुँच बाहिर
संविधान र राष्ट्रिय शिक्षा नीतिले शिक्षालाई मौलिक हकको रूपमा उठाए पनि नेपालका श्रवणदृष्टि विहीन (बहिरा-दृष्टिविहीन)बालबालिका अझै पनि समावेशी र गुणस्तरीय शिक्षाको पहुँच बाहिर बस्नु परेको सरोकारवालाले बताएका छन् ।
अनशनरत भुसालको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सङ्घको माग
नेपाल चिकित्सक सङ्घले माइतीघरमा अनशनरत डा.कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।
ट्रमा सेन्टरको प्रमुखमा डा.मरासिनी नियुक्त
राष्ट्रिय ट्रमा सेन्टरको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पदमा डा.रुद्र मरासिनी नियुक्त हुनुभएको छ ।