बर्थिङ सेन्टर सञ्चालनमा आएपछि स्थानीय खुसी
जिल्लाको माधवनारायण नगरपालिका-६, माधोपुरमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका स्थानीय खुसी भएका छन् ।
सिन्धुलीको फिक्कलमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा
सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३, चनौटेमा आइतबारदेखि औपचारिक रूपमा १० शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ।
भेरीका ६ विशेषज्ञ चिकित्सकको काज फिर्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी रहेको अस्पतालमै फिर्ता पठाउन सुरु गरेको छ । यससँगै एक अस्पतालमा दरबन्दी भएर काजमा अन्यत्र बसेका चिकित्सकहरूले अब मूल दरबन्दी भएकै अस्पतालमा फर्किएर काम गर्नुपर्ने भएको छ ।
गाउँमै निःशुल्क विशेषज्ञ सेवा
चार वर्षबाट मुटुमा समस्या देखिएर उपचार नगर्नु भएका अर्जुनचौपारी वडा नं –४ का ५८ वर्षीय होम नाथ चपाईले गाउँमै मुटुको उपचार पाउनु भएको छ ।
चिकित्सक अनिवार्य दरबन्दी स्थल जानुपर्ने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप ३३ जना विशेषज्ञ चिकित्सक तथा जनस्वास्थ्य प्रशासकको काज फिर्ता गरेको छ । मन्त्रालयले पहुँचका आधारमा सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर लामो समयदेखि कार्यरत विशेषज्ञ चिकित्सक तथा जनस्वास्थ्य प्रशासकको दरबन्दी भएको स्थानमै पठाउने निर्णय गरेको छ ।
ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन
ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र सञ्चालन गरिएको छ ।
ओखलढुङ्गामा मानसिक रोगी बढ्दै, आत्महत्यादर उच्च
ओखलढुङ्गा जिल्लामा मानसिक रोगीको संख्या वर्षेनी तीव्र रूपमा बढ्दै गएको छ। स्वास्थ्य कार्यालय रुम्जाटारको पछिल्लो तथ्यांकअनुसार जिल्लामा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको हो।
फक्ताङ्लुङ पूर्णखोप सुनिश्चित घोषणा
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । चालु आर्थिक वर्षभित्र सञ्चालित खोप अभियान सम्पन्न भएसँगै फक्ताङ्लुङ गाउँपालिकालाई शनिबार पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी मेडिकल तथा डेण्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीहरूलाई न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधाहरु उपलब्ध गराउन निर्देशन दिएको छ ।
आयुर्वेदलाई पनि स्वास्थ्य बिमामा समेट्न डा.ज्ञवलीको आग्रह
आयुर्वेद स्वास्थ्य सेवालाई पनि स्वास्थ्य बिमामा आवद्ध गर्न आग्रह गरिएको छ ।
औषधी पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन
औषधी व्यवस्था विभागले औषधी बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउन ‘कुशल फार्मेसी अभ्यास’ तथा ‘कुशल भण्डारण तथा वितरण अभ्यास’ अनिवार्य रूपमा पालना गर्न आग्रह गरेको छ ।
सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या
सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क गर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्ने निर्णय गरेपछि अस्पतालहरूले यो व्यवस्था कार्यान्वयन गर्न थालेका छन् ।
अटिजम भएका बालबालिका लागि नमुना आवासीय विद्यालय स्थापना गर्ने सरकारको निर्णय
सरकारले अटिजम भएका बालबालिकाको सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
ओखलढुङ्गामा नसर्ने रोगका बिरामी बढ्दै
ओखलढुङ्गामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।
जेनजी घाइतेको सेवा कार्यमा डा. शर्माप्रति गृहमन्त्रीको सम्मान
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेहरूलाई भेट्न केएमसी अस्पताल पुग्नुभएको छ। घाइतेहरूलाई निःशुल्क उपचार सेवा दिँदै आउनुभएका पूर्व सांसद डा. सुनिल शर्मालाई मन्त्री गुरुङले धन्यवाद दिनुभयो।
सिफलिसका १९० नयाँ बिरामी भेटिए
नेपालगन्जस्थित भेरी अस्पतालमा एक सय ९० नयाँ भिरिङ्गी (सिफलिस) का बिरामी फेला परेका छन् । अस्पतालमा सञ्चालन भइरहेको सिफलिससम्बन्धी अनुसन्धानका क्रममा ती बिरामी फेला परेका हुन् ।
सिफलिस प्रभावित १८७ जना नयाँ बिरामी भेटिए
बाँकेमा १८७ जना सिफलिस प्रभावित नयाँ बिरामी भेटिएको भेरी अस्पतालले जनाएको छ । भेरी अस्पतालमा सञ्चालन भइरहेको सिफलिस (भिरिङ्गी) सम्बन्धी वैज्ञानिक अनुसन्धानको क्रममा गत तीन महिनामा गरिएको तथ्याङ्क संकलनमा १८७ जना सिफलिसका नयाँ बिरामी भेटिएको भेरी अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाइँले बताउनुभयो ।
जेनजी आन्दोलनमा जलाइएको दमकल सञ्चालनमा आउन सकेन
गत भदौ २४ गते जेनजी आन्दोलनमा प्रदर्शनकारीबाट तोडफोड र आगजनी हुँदा क्षतिग्रस्त बनेको हरिवन नगरपालिकाको दमकल सञ्चालनमा आउन सकेको छैन् ।
२६ सयभन्दा बढीको निःशुल्क आँखा परीक्षण
बाँकेको कोहलपुरमा २६ सयभन्दा बढी नागरिकको निःशुल्क रुपमा आँखा परीक्षण गरिएको छ ।
तनहुँका एक हजार ५०० जनाको निःशुल्क आँखा जाँच
तनहुँको भानु नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आँखा परीक्षण शिविरमा एक हजार पाँच सय जनाको परीक्षण गरिएको छ ।
एक महिनाभित्र निःशुल्क स्वास्थ्य ‘पोर्टल’
स्वास्थ्य क्षेत्रमा देखिँदै आएका विकृति, विसङ्गति र अव्यवस्था अन्त्य गर्ने उद्देश्यसहित नयाँ सरकारले शासकीय सुधार अन्तर्गत स्वास्थ्य क्षेत्रका महत्वपूर्ण कार्यक्रम कार्यान्वयनमा ल्याउन थालेको छ ।
सेनाको स्वास्थ्य शिविरबाट पाँच सय जना लाभान्वित
नेपाली सेनाको नयाँ रणभिम गुल्मअन्तर्गत रहेको दुर्लुङ्गथुम ब्यारेक, पर्वतको आयोजनामा आज जलजला गाउँपालिका–४, फड्केढुङ्गामा बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
चिकित्सक,नर्सिङ लगायतका कर्मचारी कार्यालय समयभन्दा ढिलो आए कारण दिनुपर्ने
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल व्यवस्थापन समितिले हाजिरी व्यवस्थापनमा कडाइ गर्ने निर्णय गरेको छ ।
चट्याङका कारण एक दशकमा हजार बढीको ज्यान गयो
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालमा विगत १२ वर्षमा चट्याङका घटनाबाट ठूलो जनधनको क्षति भएको छ ।