स्वास्थ्य शिविरबाट गाउँमै विशेषज्ञ सेवा
गुल्मीको धुर्कोट गाउँपालिका वडा–४, जैसिथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जनाले सेवा पाएका छन् । जैसिथोक सामुदायिक सिकाइ केन्द्रको आयोजना, बुटबल हस्पिटल प्रालिको सहयोग एवं धुर्कोट गाउँपालिका र ४ नम्बर वडा कार्यालयको समन्वयमा बृहत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो ।
सुत्केरीमा प्रसव फिस्टुलाको पीडा : कसरी हुन्छ उपचार ?
यकिन तथ्याङ्क नभए पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब दुईदेखि चार सय महिला यो समस्याबाट पीडित छन् ।
शिविरमा ७४२ जनाको आँखा परीक्षण
रौतहटको इशनाथ नगरपालिका–१, बन्जरहामा आयोजित निःशुल्क आँखा शिविरमा ७४२ जनाको परीक्षण भएको छ । नेपाल नेत्र ज्योति संघ, गौर आँखा अस्पताल पुरेनवा रौतहटको आयोजना तथा नेपाल भारत मैत्री संघ रौतहटको समन्वयमा शनिबार सञ्चालन भएको उक्त शिविरमा ७४२ जनाको आँखाको परीक्षण गरिएको हो ।
स्वास्थ्य बिमामा दीर्घरोगी आकर्षित
स्वास्थ्य बिमामा दीर्घरोगीको मात्र आकर्षण बढेको छ । स्वस्थ व्यक्तिले सकभर स्वास्थ्य बिमा नगर्ने, बिमा गरिहालेको अवस्थामा नवीकरण गर्न रुचि नदेखाउने गरेका छन् । मानिसलाई जब दीर्घरोगले समात्छ, अनि स्वास्थ्य बिमा गर्न उत्साही हुने गरेका छन् । यो गलत प्रवृत्तिका कारण स्वास्थ्य बिमा बोर्ड कमजोर बन्दै गएको छ ।
जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालन
स्वास्थ्य सेवा कार्यालय सल्यान र स्थानीय युवाहरूको सक्रियतामा जिल्ला अस्पताल सल्यानमा रक्तसञ्चार केन्द्र सञ्चालनमा आएको छ।
नागरिकमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै ‘सम्बोधन’ परियोजना
फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाको आयोजनामा पत्रकारहरुसँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
उपचारमा नआउँदा जीवनभर औषधी
बाथरोग लागेका बिरामी अन्तिम अवस्थामा अस्पताल आउँदा जीवनभर औषधी सेवन गर्न बाध्य भएका छन् । समयमै उपचार नगर्दा वा लक्षण सहेर बेवास्ता गर्दा उनीहरूले जीवनभर बाथरोगको औषधी सेवन गर्नु परेको हो ।
‘बेलुका भएपछि छोरो घर आउँछ जस्तो लाग्छ’
बिहान घरबाट ‘मेनपावर’ जान्छु भनेर हिँडेको छोरो बेलुका यो संसारमा रहेन भन्ने खबर सुन्दा एउटी आमालाई कति दुःख लाग्यो होला ?
आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आगो, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर बाल्दा वा गिजर प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ ।
बजेट अभावले रोकियो नरैनापुर अस्पताल निर्माण कार्य
बाँके जिल्लाको अन्य क्षेत्रको तुलनामा स्वास्थ्य सेवाको सबैभन्दा कम पहुँच भएको नरैनापुर गाउँपालिकामा स्वास्थ्य सेवा सहज बनाउने उद्देश्यले निर्माण भइरहेको १५ शय्याको पालिकास्तरीय अस्पताल भवन निर्माण कार्य बजेट अभावले रोकिएको छ ।
चिसोका कारण अस्पतालमा बिरामीको चाप
मधेशमा बढ्दै गएको शीतलहरको प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको छ । चिसो हावा, बाक्लो हुस्सु र सिरेटो जाडोका कारण बिरामीको सङ्ख्या बढ्दै गएको बर्दिवास तथा जलेश्वरस्थित अस्पतालले जनाएका छन् ।
भेरी अस्पतालमा दूरविन प्रविधिबाट मेरुदण्डको शल्यक्रिया
नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलोपटक अत्याधुनिक दूरविन प्रविधिको प्रयोग गरी मेरुदण्डको नसा च्यापिएका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
गजेन्द्रनारायण अस्पतालमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउँदै
जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउदै आएका छन् ।
जेनजी घाइते तीन जनाको डा. रुइतसँग उपचार
जेनजी आन्दोलनका घाइते दीपेन्द्र बस्नेतले डा. सन्दुक रुइतसँग आँखाको उपचार गराउनुभएको छ । ‘‘डा. रुइतलाई आँखा देखाउन पाए तेरो आँखाको दृष्टि (भिजन) बचाउन सकिन्छ भन्ने सबैको सल्लाह थियो,” दीपेन्द्रले भन्नुभयो, गोरखापत्रमा समाचार प्रकाशित भएपछि स्वास्थ्य मन्त्रालयबाट र तिलगङ्गा आँखा अस्पतालबाट फोन आयो ।” घाइते बस्नेतको समाचार पुस ३ गतेको गोरखापत्रमा प्रकाशित भएको थियो ।
सेवा प्रवाहमा अब्बल बन्दै ‘मालिका स्वास्थ्यचौकी’
बागलुङ नगरपालिकाले पर्याप्त सेवाका लागि स्वास्थ्यकर्मी र उपचार सामग्रीको व्यवस्थापन गरेपछि परिवार नियोजन र पाठेघरको उपचारमा बागलुङ नगरपालिका वडा ५ स्थित मालिका स्वास्थ्य चौकी अब्बल बन्दै गएको छ ।
एक सय २० जना वृद्धवृद्धाको मोतीविन्दुको शल्यक्रिया
सिन्धुपाल्चोकको ग्रामीण भेगका एक सय २० जना वृद्धवृद्धाहरूको मोतीविन्दुको सफल शल्यक्रिया गरिएको छ । सुनकोसी इन्द्रावती समाज, सिन्धुपाल्चोकको संयोजनमा सञ्चालित चार दिने शिविरमा उनीहरुको दृष्टि फर्किएको हो ।
बुढ्यौलीमा फर्कियो दृष्टि
क्व्होलासोथार गाउँपालिका –५ सिङ्दीका ९३ बर्षिय केशबीर गुरुङको बाँया आँखाले लामो समयदेखि देख्न छोडेको थियो । आँखा नदेख्दा शौचालय जान लौरोको साहरा लिनुपथ्र्यो । वर्षौंदेखि धमिलो संसारमा बाँचिरहनुभएका केशबीरले गाउँमै आएको शिविरमा आँखाको शल्यक्रिया भएपछि नयाँ जीवन पाउनुभयो ।
एम्बुलेन्स सेवामा मापदण्ड विपरीत कार्य गरे कारबाही हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड विपरीत कार्य गरेको पाइएमा सम्बन्धित एम्बुलेन्स तथा चालकलाई कानूनबमोजिम कारबाही गरिने जनाएको छ ।
दमौली अस्पतालको अध्यक्षमा वरिष्ठ अधिवक्ता वाग्ले नियुक्त
तनहुँको सदरमुकाम दमौलीस्थित प्रादेशिक अस्पताल दमौलीको व्यवस्थापन समिति अध्यक्षमा व्यास नगरपालिका–४ निवासी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले नियुक्त हुनुभएको छ ।
बृहत् स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिए
गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालन भएको निःशुल्क बृहत् स्वास्थ्य शिविरमा तीन सयभन्दा बढीले सेवा लिएका छन् ।
सरकारबाट विभेद भएको भन्दै कोशी प्रदेशका चिकित्सक आन्दोलित
कोशी प्रदेशका चिकित्सकले सरकारबाट विभेदपूर्ण व्यवहार भइरहेको भन्दै आपत्ति जनाएका छन् ।
मिसावटका कारण स्वास्थ्य समस्या बढेको गुनासो
खाद्यमा भएको मिसावटका कारण मानिसको स्वास्थ्यमा समस्या बढेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।
मिर्गौला र क्यान्सर पीडितलाई आर्थिक सहयोग
जिल्ला बक्सिङ सङ्घ धनकुटाले कल्चरल म्युजिकल तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मिर्गौला र ब्लड क्यान्सर पीडितलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।