• २१ कात्तिक २०८२, शुक्रबार

झुण्डिएको अवस्थामा पुरुष मृत फेला

blog

मोहनसिंह बुढा 
हुम्ला, काक्तिक २१ गते ।
हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका करिब ३५ वर्षीय रामे बुढा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ । बिहीबार साँझको समयमा आफ्नै माटो ढुङ्गाले बनेको घरको माथिल्लो तलामा रहेको काठको बल्लीमा डोरीले घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा बुढा फेला पर्नुभएको हो ।

बिहान मदिरा सेवन गरिरहनुभएको बुढालाई उहाँका बुबा चौखुले बुढाले देख्नुभएको थियो भने अपराह्न करिब ५ बजे घरमै घाँटीमा पासो लगाइ झुण्डिएको अवस्थामा  देख्नुभएको वडा अध्यक्ष जयबहादुर सिराले बताउनुभयो ।

आफुलाई जानकारी आउँदा बित्तीकै प्रहरी चौकीमा जानकारी गराएको र प्रहरी सहायक निरीक्षक प्रकाशबहादुर सिंहको नेतृत्वमा चार जनाको टोली घटनास्थलमा खटाइएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख संकर पोखरेलले दिनुभयो । 

उहाँका अनुसार टोली रातिनै घटनास्थलमा पुगिसकेको र अहिले मुचुल्का उठाउनेर पोष्टमाटमको काम भइरहेको छ । मृतक बुढाका दुई छोरा, एक छोरी अध्ययनका लागि काठमाडौँमा छन् भने घरमा श्रीमान र श्रीमती मात्रै बस्दै आएका थिए ।