शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, वैशाख २९ गते । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालका बिचमा भेटवार्ता भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
राष्ट्रपतिले सोमबार सङ्घीय संसदको दुवै सदनमा नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रतिनिधि सभाको हिजै बसेको बैठकले राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो ।