• २९ वैशाख २०८३, मङ्गलबार

एमाले संसदीय दलको उपनेतामा पद्मा अर्याल

blog

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसदीय दलको उपनेतामा मनोनित हुनुभएकी पद्मा अर्याल ।

गोरखापत्र अनलाइन 

काठमाडौँ, वैशाख २९ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ।

एमाले संसदीय दलका नेता रामबहादुर थापा (बादल)ले उपनेतामा पूर्वमन्त्री अर्याललाई मनोनित गर्नुभएको प्रमुख सचेतक ऐन महरले बताउनुभयो । 

एमाले सचिव अर्याल समानुपातिकबाट सांसद हुनुहुन्छ। पार्टीले यसअघि दलको प्रमुख सचेतकमा महर र सचेतकमा नीता घतानी (बाबा)लाई मनोनित गरेको थियो ।