मध्यपूर्वमा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई एकसाथ अघि बढाइरहेको छ । यसले क्षेत्रीय मात्र नभई विश्वव्यापी चासो पनि बढाएको छ । पछिल्ला घटनाक्रमले युद्ध विस्तारको जोखिम अझै कायम रहेको सङ्केत दिएका छन् भने समाधान खोज्ने प्रयास पनि समानान्तर रूपमा चलिरहेका छन् ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।
मुस्ताङ एयरको हेलिकाेप्टर दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ ।
वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने बताउनुभएको छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनुभएको छ ।
नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले पदभार ग्रहण गरेलगत्तै दक्ष जनशक्ति सिर्जना गर्ने निर्णय गर्नुभएको छ ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४, असैनाकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरण मन्त्री बन्नुभएपछि बुवा जयराम डगौंराले जनताको हितमा काम गर्न सुझाउनुभएको छ ।
वि. सं. २०३२ सालमा विमानस्थल निर्माणका लागि पोखराको तीन हजार एक सय छ रोपनी जग्गा अधिग्रहण भयो । जग्गा अधिग्रहण हुँदा विस्थापित हुनेमा खडकराज पौडेलको परिवार पनि थियो ।
नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै उहाँ प्रधानमन्त्रीको कार्यालय सिंहदरबार पुग्नुभएको हो ।
नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गर्नुभएको छ ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सुधार गर्नुपर्ने कानुन निर्माणमा ध्यान दिने बताउनुभएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएको छ ।