चालु आर्थिक वर्षको सात महिनामा वीरगन्ज नाका हुँदै पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्रिएका छन् ।
गण्डकी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने विद्यार्थी संख्या र परीक्षा केन्द्र दुवै घटेका छन्। चैत १९ गतेदेखि सुरु हुने एसइईमा यस वर्ष प्रदेशभर ४३ हजार ३५५ विद्यार्थी सहभागी हुने भएका छन्। अघिल्लो वर्ष ११ जिल्लाका २०५ परीक्षा केन्द्रबाट ४५ हजार ७९६ विद्यार्थी सहभागी भएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रतिनिधि सभाका सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएकाे छ ।
बाजुरामा गत जेठ २३ गते भएको भीषण आगलागीबाट क्षतिग्रस्त बाम्का बजारले करिब नौ महिनापछि नयाँ स्वरूप पाएको छ। आगलागीपछि कुरूप बनेको बजारमा झण्डै ३६ वटा पसल जलेर नष्ट भएका थिए। त्यसपछि केही महिनासम्म बजार अस्तव्यस्त र जीर्ण अवस्थामा थियो।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिराहा क्षेत्र नं. १ बाट निर्वाचित बब्लु गुप्ता पहिलो पटकमै संसदीय यात्रा तय गर्न सफल हुनुभएको छ । जेनजी आन्दोलनपछि गठित सुशी
बाघले आक्रमण गरी नवलपुरमा एक जनालाई घाइते बनाएको छ । बाघले मध्यविन्दु नगरपालिका–१४ दम्फाघेरा बस्ने ३९ वर्षीया पुनिसरा दर्लामीलाई आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मुस्ताङमा चालु आर्थिक वर्षको आठ महिनामा १० क्षयरोगी फेला परेका छन् । जिल्लाका पाँच वटै स्थानीय तहमा चालु आव २०८२/८३ को साउनदेखि फागुन महिनासम्म १० जनामा क्षयरोग पुष्टि भएको हो ।
बागलुङमा जारी कालिका कप खुला पुरुष भलिबल प्रतियोगितामा घले हार्भेस्टिङ अस्टे«लिया र गौडाकोट भलिबल सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सल्यानको कपुरकोट गाउँपालिका–५ पांग्राङमा आगलागीबाट एक घर पूर्ण रूपमा नष्ट भएको छ । डिलबहादुर बिकको घरमा गएराति करिब पौने १२ बजेतिर अचानक आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका हुन् ।
हुम्लाको सदरमुकाम सिमकोटस्थित मुख्य सरकारी कार्यालयहरूले खानेपानीको ‘डाइरेक्ट लाइन’ जोड्दा बजारवासीमा खानेपानीको समस्या चुलिएको छ।
गुल्मीमा जन्मिनुभएका विक्रमसिंह थापाले २०३७ सालमा महेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरेपछि उच्चशिक्षाका लागि उहाँ भारतको बनारस पुग्नुभयो । उदय प्रताप कलेजबाट बिएससी उत्तीर्ण गर्नुभएको हो ।
जाजरकोट आयुर्वेद स्वास्थ्य केन्द्रले तीनदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। सदरमुकाम खलङ्गामा आयोजित शिविरमा ८१ जना बिरामीले सेवा लिएका छन्।
दाङमा कल्भर्ट निर्माणका लागि खनेको खाडलमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्
पानी परेपछि उर्लिएर आउने छल्दीखोला तर्न स्थानीयलाई ठुलो सकस थियो । उब्जनी हुने छल्दीको ठुलो फाँटमा आउन टारीका स्थानीयलाई बर्सातमा खोलामै पस्नुपर्ने बाध्यता थियो । पालुखा माविको टारीतिरका विद्यार्थीलाई नजिकै पुल नहुँदा लामो बाटो भएर विद्यालय पुग्ने वा खोलामै जोखिम मोलेर पस्ने भन्ने दुई विकल्प मात्रै थिए । अहिले इस्मा गाउँपालिका–२ अन्तर्गत छल्दी टारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्माण भएको छ । स्थानीय बासिन्दा तथा विद्यार्थीको आवतजावत सहज बनाउने उद्देश्यले सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरिएको हो ।
दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको गुल्मी अस्पतालको नयाँ भवन पाँच वर्ष पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन । ठेकेदारले विभिन्न बहानाबाजी बनाई गरेको ढिलासुस्तीले काम अझै पूरा हुन सकेको छैन ।