नेपाली राष्ट्रिय पुरुष टोलीले वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्ने भएको छ ।
मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले प्रदेश सरकारले आफ्नै सञ्चार संस्था स्थापना गर्ने तयारी गरेको बताउनुभयो।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि नीति कार्यक्रम पारित गरेको छ ।
आफूलाई नेकपा बहुमत पार्टीको कार्यकर्ता बताउँदै युवाहरुकाे समुहले उच्च अदालत अस्थायी इजलास वीरगन्जका न्यायाधीश डा खुसीराम थारुलाई बिहीबार उहाँकै इजलासमा कालो मसी (मोसो) प्रहार भएको छ।
अग्रज पत्रकार देवेन्द्र चुडाललाई पितृ शोक परेको छ । उहाँका पिता कृष्णप्रसाद चुडालको ९९ वर्षको उमेरमा आफ्नै निवास इटहरीमा बिहीबार निधन भएको छ ।
बागमती प्रदेशले बिहिबार १३औँ एनएसआरए राष्ट्रिय स्क्वास प्रतियोगताको पुरुष टिम इभेन्टको उपाधि जितेको छ ।
अन्नपूर्ण पदमार्ग अन्तरगत थोरोङ पास हुँदै मुक्तिनाथबाट–लुप्रा–पाण्डाखोला हुदै जोमसोम निस्किने अधिकांश विदेशी पर्यटकको रोजाइमा पर्ने पैदल मार्ग हो । मुक्तिनाथबाट करिब साढे ४ घण्टामा सदरमुकाम जोमसोम निस्कने मार्ग पहिरोको कारण अवरुद्ध भएको थियो ।
१५औँ केन्द्रीय राष्ट्रपति रनिङ खेलकुदको दोस्रो दिन बिहीबार एथलेटिक्समा चार नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम भएका छन् ।
पाँचथरमा सञ्चारकर्मीका लागि एआई (कृतिम बौद्धिकता) को प्रयोग सम्बन्धी तीनदिने तालिम सुरु भएको छ।
मरुभूमिमा फल्ने खजुर स्याङ्जाको गल्याङ् नगरपालिका–११ जिमुवामा फलेको छ । साउदी मरुभूमिको गर्मीमा फल्ने खजुर यहाँका ६० वर्षीय बाबुराम ढकालले आफ्नो घर अगाडि फलाउनु भएको हो ।
नेपालका लागि चीनका राजदूत चेन सोङ्गले इलामको सूर्योदय नगरपालिकाको कन्याम अन्तु सहितका पर्यटकीय स्थलको भ्रमण गर्नुभएको छ।
बागलुङका दस वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन् ।
भैरवी गाउँपालिका ६ हमाल टोल बस्ने ४९ वर्षीय रामबहादुर हमालको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४७ वर्षीय कुल बहादुर सिंह र २१ वर्षीय सुरेन्द्र सिंह रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ।
चालु आर्थिक वर्षमा जुम्लामा २ सय ३० जना किसानले गोठालो भत्ता भएका छन् । कर्णाली प्रदेश सरकारले ५० भन्दा बढी भेडा पालेका किसानले प्रत्येक वर्ष भत्ता दिँदै आएको छ ।