शुक्रबारदेखि प्रथम नेपालगन्ज मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु हुँदैछ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १३ र १४ गतेसम्म चल्नेछ ।
विश्वका विकसित मुलुकको शिक्षा प्रणालीलाई गहिरिएर अध्ययन गर्दा शिक्षामा रूपान्तरण र गुणस्तरीय शिक्षाको आधारशिला शिक्षक नै हुन् । ती मुलुकमा शिक्षकलाई अन्य राष्ट्रसेवक कर्मचारीभन्दा उच्च स्थान, सम्मान र प्राथमिकता दिइएको पाइन्छ । यो केवल औपचारिक सम्मानमा सीमित छैन, बरु नीतिगत प्राथमिकता, पर्याप्त लगानी र पेसागत स्वतन्त्रताका माध्यमबाट व्यवहारमा समेत उतारिएको छ ।
सार्वजनिक बिदाबाहेकका दिनमा मुलुकभरका नेपालका अदालतले गर्ने फैसलाले हजारौँ मानिसको दैनन्दिनलाई प्रभावित गरिरहेको हुन्छ । कुनै फैसलाको असर मुद्दाका पक्षसम्म सीमित रहन्छ भने व्यक्तिको अधिकार, प्राप्त गर्ने लाभ र प्रतिपादन हुने सिद्धान्तले सबै नेपाली नागरिकलाई दूरगामी प्रभाव पार्ने फैसला पनि हुने गर्छन् । अदालतको फैसला कसैले इच्छा गरोस् वा नगरोस् कसैको विरुद्ध दिइन्छ अर्थात् अदालतको फैसला
सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका छ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठगी, चोरी र चोरी उद्योग मुद्दाका प्रतिवादीहरु रहेका छन् ।
कुनै नेपाली विद्यार्थी विदेशमा अध्ययन गरेर फर्किन्छ भने के उसको सोच स्वतः ‘विदेशी’ हुन्छ ? कुनै युवा अनुसन्धानकर्ता अन्तर्राष्ट्रिय संस्थासँग काम गर्छ भने के उसको नियत राष्ट्रप्रति कमजोर मान्नु पर्छ ? पछिल्ला केही वर्षदेखि नेपालको सार्वजनिक बहसमा यस्तै प्रश्न अप्रत्यक्ष रूपमा उठिरहेका छन् । ‘विदेशी एजेन्ट’ भन्ने शब्द अहिले राजनीतिक भाषण, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा यति सहज रूपमा प्रयोग हुन थालेको छ कि
१०० वर्ष अघिको गोर्खापत्र
यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिनुभएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी निकै हतारमा देखिनुहुन्थ्यो ।
जन्म र मृत्युको देवताका रूपमा मानिने सेतो मत्स्येन्द्रनाथ जात्रा बिहीबारबाट सुरु भएको छ । मछिन्द्रबहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथ वर्षा र सहकालको देवता मानिन्छ भने सेता मत्स्येन्द्रनाथलाई जन्म र मृत्युको देवताका रूपमा पुजिने गरिने संस्कृतिविद् डा. चुन्डा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले ११ गते मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइने जानकारी दिँदै त्यसको भोलिपल्ट अर्थात् बिहीबार खटमा राखेर रथमा पु¥याउने चलन रहेको बताउनुभयो । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ
गायिका सुनिता केदेम (लाबुङ) को म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ बिहीबार सार्वजनिक गरिएको छ । सदरमुकाम फुङलिङमा बिहीबार आयोजित कार्यक्रमबिच कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङले म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।
उपन्यासकार धु्रवकृष्ण ताम्राकारको ‘दह’ सार्वजनिक गरिएको छ । वियोगान्त घटनामा आधारित उपन्यासभित्र मानवीय संवेदना, पीडा र जीवनका गहिरा अनुभूतिलाई सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । लेखक ताम्राकारले विशिष्ट लेखनशैलीमार्फत पात्रहरूको मनोविज्ञान र सामाजिक यथार्थलाई जीवन्त रूपमा चित्रण गर्नुभएको छ ।
कोशी प्रदेशको पोल्ट्री व्यवसाय बर्डफ्लु सङ्क्रमणका कारण थप धराशायी बनेको छ । झापा, मोरङ र सुनसरीका १३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि ठुलो परिमाणमा कुखुरा, हाँस, अन्डा र दाना नष्ट गरिएको छ । सरकारी निकायले सङ्क्रमण थप फैलिन सक्ने आकलनसहित निगरानी र ‘¥यापिड रेस्पोन्स टिम’ परिचालन गरिरहेको छ तर सङ्क्रमण नियन्त्रणमा भने आइसकेको छैन ।
सन् २०२६ को वसन्तकालीन हिमाल आरोहण गर्न नेपालसहित २५ देशका आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार फागुन १७ देखि गत बुधबारसम्म सात वटा हिमाल आरोहण गर्न २५ देशका ८२ आरोहीले अनुमति लिएका हुन् । १० समूहका यी आरोहीमा २१ महिला र ६१ पुरुष छन् ।
जुम्लामा बिउ राख्ने अभ्याससहित बिहीबार धान दिवस मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाको आयोजनामा बिउ कसरी राख्ने, के के विधि चाहिन्छ, सो विषयमा खेतमै गएर अभ्यास गरिएको छ । कृषि अनुसन्धान कार्यालयको प्राङ्गणमा कृषिविज्ञ र जानकार किसानले अन्य बिउ राख्ने तरिकाबारे अभ्यास गरेर उपलब्ध किसान, स्थानीय र सरोकारवालालाई सिकाएका छन् ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका कारण देशका विभिन्न भागमा बदली तथा वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ ।
वैदेशिक रोजगार बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताबापत ७३ करोड रुपियाँ उपलब्ध गराएको छ । बोर्डले चालु आवको साउनदेखि फागुनसम्म ९८३ श्रमिकका परिवारलाई सो बराबरको आर्थिक सहायता उपलब्ध गराएको हो ।