संयुक्त राष्ट्र जनसङ्ख्या कोषले युवाको भविष्य मार्गदर्शनका लागि छलफल सुरु गरेको छ । कोषको सुदूरपश्चिम प्रदेश कार्यालयले सुदूरपश्चिमका विभिन्न क्षेत्रमा जोडिएका युवाको समूह बनाई छलफल गरेको छ । प्रदेश कार्यालयका प्रमुख राजकुमार ढुङ्गानाले सुदूरपश्चिम युवा विचार समूहले सुदूरपश्चिम प्रदेश सरकार तथा प्रादेशिक युवा परिषद्का रणनीतिक प्राथमिकतामा प्रभाव पार्ने गरी उच्चस्तरीय सुझाव प्रदान गर्ने उद्देश्यले युवा विचार समूहको बैठक अयोजना गरिएको बताउनुभयो ।
नेपाली राजनीति नयाँ चरणमा प्रवेश गरेको छ । योसँगै नयाँ अध्याय पनि सुरु भएको छ । मुलुकले आज नयाँ युवा प्रधानमन्त्री पाउँदै छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका नेता ३६ वर्षीय बालेन्द्र (बालेन) शाहले राष्ट्रपतिसमक्ष नयाँ प्रधानमन्त्रीको शपथ लिँदै हुनुहुन्छ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित २७४ जना सांसदले हिजो शपथ लिनुभयो । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरू
डोटीको आदर्श गाउँपालिका–७ दहकालीकामा खाना खाने क्रममा मासुको टुक्रा घाँटीमा अड्किँदा एक जना पुरुषको मृत्यु भएको छ।
पश्चिम एसियामा युद्ध चर्कंदै गएको छ । यो युद्धको असर अब केवल पश्चिम एसियामा मात्र सीमित रहेन । मानवीय र भौतिक संरचनाको क्षति युद्धको बाह्य देखिने पक्ष भए पनि यो युद्धको अब बहुआयामिक असर क्रमशः सबैतिर देखा पर्न थालेको छ । युद्धको असर अब टाढा÷टाढा रहेका विभिन्न मुलुकका मानिसका भात भान्सामा पनि पर्न थालेको छ । इजरायली अमेरिकी सेनाद्वारा इरानमा गरिएको सैन्य हस्तक्षेपबारे अब बाँकी विश्व के निष्कर्षमा पुग्दै छ भने यो युद्ध उचित थिएन । किनकि आजको विश्वमा छलफल, वार्ता र मध्यस्थताद्वारा धेरै कुरा हल हुन सकिन्थ्यो । केही समयअघि जेनेभा
शुक्रबारदेखि प्रथम नेपालगन्ज मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता–२०८२ सुरु हुँदैछ । बाँके जिल्ला ब्याडमिन्टन संघको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १३ र १४ गतेसम्म चल्नेछ ।
विश्वका विकसित मुलुकको शिक्षा प्रणालीलाई गहिरिएर अध्ययन गर्दा शिक्षामा रूपान्तरण र गुणस्तरीय शिक्षाको आधारशिला शिक्षक नै हुन् । ती मुलुकमा शिक्षकलाई अन्य राष्ट्रसेवक कर्मचारीभन्दा उच्च स्थान, सम्मान र प्राथमिकता दिइएको पाइन्छ । यो केवल औपचारिक सम्मानमा सीमित छैन, बरु नीतिगत प्राथमिकता, पर्याप्त लगानी र पेसागत स्वतन्त्रताका माध्यमबाट व्यवहारमा समेत उतारिएको छ ।
सार्वजनिक बिदाबाहेकका दिनमा मुलुकभरका नेपालका अदालतले गर्ने फैसलाले हजारौँ मानिसको दैनन्दिनलाई प्रभावित गरिरहेको हुन्छ । कुनै फैसलाको असर मुद्दाका पक्षसम्म सीमित रहन्छ भने व्यक्तिको अधिकार, प्राप्त गर्ने लाभ र प्रतिपादन हुने सिद्धान्तले सबै नेपाली नागरिकलाई दूरगामी प्रभाव पार्ने फैसला पनि हुने गर्छन् । अदालतको फैसला कसैले इच्छा गरोस् वा नगरोस् कसैको विरुद्ध दिइन्छ अर्थात् अदालतको फैसला
सप्तरी प्रहरीले विभिन्न मुद्दामा फरार रहेका छ जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठगी, चोरी र चोरी उद्योग मुद्दाका प्रतिवादीहरु रहेका छन् ।
कुनै नेपाली विद्यार्थी विदेशमा अध्ययन गरेर फर्किन्छ भने के उसको सोच स्वतः ‘विदेशी’ हुन्छ ? कुनै युवा अनुसन्धानकर्ता अन्तर्राष्ट्रिय संस्थासँग काम गर्छ भने के उसको नियत राष्ट्रप्रति कमजोर मान्नु पर्छ ? पछिल्ला केही वर्षदेखि नेपालको सार्वजनिक बहसमा यस्तै प्रश्न अप्रत्यक्ष रूपमा उठिरहेका छन् । ‘विदेशी एजेन्ट’ भन्ने शब्द अहिले राजनीतिक भाषण, सामाजिक सञ्जाल र सार्वजनिक बहसमा यति सहज रूपमा प्रयोग हुन थालेको छ कि
१०० वर्ष अघिको गोर्खापत्र
यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिनुभएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी निकै हतारमा देखिनुहुन्थ्यो ।
जन्म र मृत्युको देवताका रूपमा मानिने सेतो मत्स्येन्द्रनाथ जात्रा बिहीबारबाट सुरु भएको छ । मछिन्द्रबहालदेखि आर्याअवलोकितेश्वरलाई खटमा राखी तीनधारा पाठशालामा तयार गरिएको रथमा विराजमान गराएपछि जात्रा सुरु हुन्छ । रातो मत्स्येन्द्रनाथ वर्षा र सहकालको देवता मानिन्छ भने सेता मत्स्येन्द्रनाथलाई जन्म र मृत्युको देवताका रूपमा पुजिने गरिने संस्कृतिविद् डा. चुन्डा वज्राचार्यले जानकारी दिनुभयो । उहाँले ११ गते मछिन्द्रबहालमा सेतो मत्स्येन्द्रनाथ देवतालाई नुहाइने जानकारी दिँदै त्यसको भोलिपल्ट अर्थात् बिहीबार खटमा राखेर रथमा पु¥याउने चलन रहेको बताउनुभयो । जनबहालबाट सेतो मत्स्येन्द्रनाथलाई विधिपूर्वक पूजाआजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ
गायिका सुनिता केदेम (लाबुङ) को म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ बिहीबार सार्वजनिक गरिएको छ । सदरमुकाम फुङलिङमा बिहीबार आयोजित कार्यक्रमबिच कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोहाङले म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो ।
उपन्यासकार धु्रवकृष्ण ताम्राकारको ‘दह’ सार्वजनिक गरिएको छ । वियोगान्त घटनामा आधारित उपन्यासभित्र मानवीय संवेदना, पीडा र जीवनका गहिरा अनुभूतिलाई सशक्त ढङ्गले प्रस्तुत गरिएको छ । लेखक ताम्राकारले विशिष्ट लेखनशैलीमार्फत पात्रहरूको मनोविज्ञान र सामाजिक यथार्थलाई जीवन्त रूपमा चित्रण गर्नुभएको छ ।
कोशी प्रदेशको पोल्ट्री व्यवसाय बर्डफ्लु सङ्क्रमणका कारण थप धराशायी बनेको छ । झापा, मोरङ र सुनसरीका १३ वटा पोल्ट्री फार्ममा बर्डफ्लु पुष्टि भएपछि सङ्क्रमण नियन्त्रणका लागि ठुलो परिमाणमा कुखुरा, हाँस, अन्डा र दाना नष्ट गरिएको छ । सरकारी निकायले सङ्क्रमण थप फैलिन सक्ने आकलनसहित निगरानी र ‘¥यापिड रेस्पोन्स टिम’ परिचालन गरिरहेको छ तर सङ्क्रमण नियन्त्रणमा भने आइसकेको छैन ।