सप्तरी जिल्ला अदालत राजविराजमा सेवा लिन आउने सेवाग्राहीलाई अदालत परिसरभित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य गरिएको छ ।
धनकुटा र तेह्रथुमका पशु चिकित्सकलाई लक्षित गर्दै पशुहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुका नमुना सङ्कलन, प्रेषण तथा रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम दिइएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने कार्यभार पूरा गरेर केही सन्तुष्टि र धेरै आशा बोकेर आफू जिम्मेवारीबाट बिदा हुन लागेको बताउनुभएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले ६ महिने आफ्नो कार्यभार सफल भएकाले निर्वाचित सरकारलाई स्वागत गर्न आतुर भएको बताउनु भएको छ ।
रास्वपाका संसदीय दलका नेता बालेन्द्र शाहकाे नयाँ गीत सार्वजनिक भएकाे छ ।
विश्वव्यापी अन्तर्राष्ट्रिय अनलाइन पालाम प्रतियोगिताकी विजेता सुनिता केदेम (लाबुङ) को म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ सार्वजनिक गरिएको छ। गायिका सुनिताको पालामको म्युजिक भिडियो ‘याक्थुङ हुक्वा’ बिहीबार सार्वजनिक गरिएको हो।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
गायक विजय लामा अमेरिकाको न्युयोर्कमा सम्मानित हुनुभएको छ । न्युयोर्कका एसेम्बली मेम्बर स्टेभेन रागाले उहाँलाई सम्मान गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वभरमा बसोवास गर्ने नेपाली मूलका मानिसलाई नेपालसँग जोड्न नेपाली कांग्रेसले पहल गर्ने बताउनुभएकाे छ ।
पश्चिम मकवानपुरको दुर्गम क्षेत्रस्थित राक्सिराङ गाउँपालिकाले बस्तीमै पुगेर नागरिकता प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र र अपाङ्गता परिचयपत्र बितरण गर्ने तयारी गरेको छ ।
सिंहदरबारस्थित संसद् भवनमा आज प्रतिनिधिसभा सदस्यका रुपमा सपथ लिएपछि सांसद् मनिष खनालले आफ्नाे भूमिका जेन–जी बिद्रोहको भावनालाई सदनको रोष्टमबाट जीवन्त राख्नु आफ्नो प्राथमिकता हुने बताउनुभयो ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका –१ मा सालको काँचो गोलियासहित अटो र चालक पक्राउ परेका छन् । बुधवार साँझ ७.२० बजे बुद्धशान्ति –१ भोटेटारस्थित भोटेटार–बुधबारे पुलचोक भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय बुधवारेबाट प्रहरी नायव निरीक्षक चन्द्रबहादुर राउतको कमाण्डमा खटिएको गस्ती टोली र रोङ सवडिभिजन वन कार्यालय इलामका सहायक वन अधिकृत होमचन्द्र गौतम नेतृत्वको टोली समेतले पक्राउ गरेको हो ।
रौतहटमा बिहिवार भएको सवारी दुर्घटनामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मोतिहारी पडरी गाउका शेख सोनुको छोरा शेख सादिक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रविधिमैत्री ग्राहकलाई लक्षित गर्दै नेपालगन्जको धम्बोझीमा कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा प्रालिले अत्याधुनिक एप्पल स्टोर सञ्चालनमा ल्याएको छ ।