सिंहदरबास्थित सङ्घीय संसद् भवन परिसरमा आज नवनिर्वाचित सांसद, सुरक्षाकर्मी, सञ्चारकर्मी र सांसदका सहयोगीको बाक्लो उपस्थिति थियो ।
टिप्परको ठक्करबाट मोरङको कानेपोखरी-७ मा एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत अधिकृत (छैटौं) अमृत भेटुवालसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिकाले धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि आपसी सहकार्य सुरु गरेका छन्।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ गतेको निर्वाचनबाट अनपेक्षित, अप्रत्याशित परिणाम आएको बताउनुभएको छ ।
जिबुतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा नौ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले बिहीबार जनाएको छ ।
आइटिएफ डेभ्लोप्मेन्ट च्याम्पियनसिप (फाइनल) मा सहभागी हुन नेपाली टेनिस टोली बिहीबार श्रीलङ्काको कोलम्बो प्रस्थान गरेको छ ।
दैनिक जीवनमा प्रयोग हुने धेरै सामान्य सामानमा पाइने तर शरीर र वातावरणमा सजिलै नटुट्ने रसायनलाई ‘सदाका लागि रसायन’ भनिन्छ । यिनै रसायनका कारण स्वास्थ्य र वातावरणमा दीर्घकालीन असर पर्ने जोखिम बढेपछि युरोपेली सङ्घ (इयु) ले तीमाथि कडा नियन्त्रणको तयारी थालेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सरकारको अबको प्राथमिकता सुशासन र आर्थिक पुनर्संरचना रहेको बताउनुभएको छ ।
सुडानमा भएको ड्रोन आक्रमणमा, कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको स्वास्थ्यकर्मीलाई उदृत गर्दै बिहीबार एएफपीले जनाएको छ ।
कर्णाली प्रदेश सरकारले रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले आफूहरूले रचनात्मक प्रतिपक्षमा रहेर सरकारलाई जवाफदेही बनाउन भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।
गाउँमै केही गर्नुपर्छ भन्ने सकारात्मक सोचका धनी युवा हुनुहुन्छ पर्वत घर भएका ३९ वर्षे रामसागर लामिछाने । उद्यमी युवा लामिछाने आगलागीले ध्वस्त भएको आफ्नै डेरी उद्योगको खरानी टकटकाएर पुनः उठ्न खोज्दै गरेका युवा हुन् ।
इलामको सूर्योदय नगरपालिका-१०, फिक्कलमा पहिलो पटक कृषि मेला आयोजना गरिएको छ ।