मकवानपुरबाट यस वर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) का परीक्षार्थी विद्यार्थीको सङ्ख्या २०८१ मा भन्दा घटेको छ । गत वर्षको तुलनामा यस वर्षको नियमिततर्फका एसइईका सहभागी विद्यार्थीहरु घटेका हुन् ।
दलित गैरसरकारी संस्था महासङ्घ (डिएनएफ)ले राष्ट्रिय स्वतन्त्रता पार्टी९रास्वपा० समक्ष विभिन्न मागसहित ध्यानकर्षण पत्र बुझाएको छ ।
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न आग्रह गरेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले सेयर बजारमा मार्जिन कारोबारलाई सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन नयाँ ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यप्रक्रिया, २०८२’ लागू गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा आइतबार सुनुवाइ हुने भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सक्रिय कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा २ दिने ‘डी-म्याक्स डिजिटल बि-टु-सी समिट’ गरिँदै छ ।
विश्व शान्ति स्थापनार्थ तुलसीपुर उपमहानगरपालिका वडा १९ छिल्लीकोटमा शान्ति कलशको शिलन्यास गरिएको छ ।
कपुरकोट गाउँपालिकाको १८औँ गाउँकार्यपालिकाको अधिवेशन अन्तर्गत दोस्रो बैठक सम्पन्न भएको छ ।
चन्द्रमालाई केन्द्रमा राख्दै चीनले अन्तरिक्ष क्षेत्रमा आफ्नो दीर्घकालीन रणनीति तीव्र बनाएको छ, जसले विश्व शक्ति सन्तुलनमै प्रभाव पार्ने सङ्केत देखिएको छ ।
जिल्ला समन्वय समिति, प्रशासन, बागलुङ नगरपालिका सहितका सरोकारवालाले गरेको अनुगमनबाट कालीगण्डकी नदीमा चरम दोहन भएको निष्कर्षसहित त्यसमा संलग्न निर्माण कम्पनीलाई कारबाही गर्न सिफारिस गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक सुरु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा बालेन्द्र शाह चयन हुनुभएको छ ।
आज सङ्घीय संसद्को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सदस्यले शपथ लिनुभएको छ ।
संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष भएर सदनका बैठकमा बस्दै आएका तीन राजनीतिक दल नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी अब भने एउटै बेञ्चमा बस्ने भएका छन् ।
विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सफलता हात पारेको छ ।