चलचित्र ‘काजी’ को ट्रेलर सार्वजनिक गरिएको छ । मङ्गलबार एक कार्यक्रमबिच तीन मिनेट छ सेकेन्ड लामो प्रेमिल ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरले चलचित्रको कथावस्तुबारे सङ्क्षिप्तमा प्रकाश पारेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
बरसाइत पर्वका लागि प्रयोग हुने बाँसजन्य सामग्री बनाएर बिक्री गर्दै डुम समुदायका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । यस वर्ष जेठ २ गते मधेश प्रदेशमा बरसाइत पर्व मनाइने भएकाले व्रत बस्ने महिलाहरू पूजासामग्री खरिद गर्न बजारमा भिड लाग्न थालेको छ ।
बर्खे धान लगाउने बेला मलको माग र खपत धेरै हुने समय नजिकिँदै गर्दा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वैकल्पिक उपायमार्फत आपूर्ति सहज बनाउने काम गरिरहेको जनाएको छ ।
नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिनुभएको छ । उहाँले बुधबार आफ्नो पदबाट राजीनामा दिनुभएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर प्रमाण ‘एनएस’ चिह्नका लागि आवेदन दिएर प्रक्रिया अगाडि नबढाएका उद्योगलाई विभागको सक्दो छिटो सम्पर्क आउन निर्देशन दिएको छ । विभागले सूचनामार्फत २०८२ साल साउन १ गतेभन्दा अगाडि नै एनएस चिह्न प्रयोगका लागि आवेदन दिएका तर हालसम्म इजाजतपत्र वा प्रमाणपत्र प्राप्तिका कार्य प्रक्रिया अगाडि नबढाएका उद्योगलाई यस्तो ताकिता गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त हुनुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत अंशुकिरण शाही र कृष्ण बसेललाई आगामी चार वर्षका लागि नियुक्त गर्नुभएको हो । काठमाडौँ महानगरपालिका–१५ निवासी शाहीलाई निजी क्षेत्रको र नागार्जुन नगरपालिका–५ निवासी बसेललाई उपभोक्तातर्फ नियुक्त गरिएको हो ।
यस वर्ष सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा तनहुँ जिल्लाका तीनवटा विद्यालयको नतिजा शून्य आएको छ ।
तीन महिनाअघि सञ्चालनमा आएमा कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी विद्युत् प्रसारण लाइनका दुई वटा टावर गत शनिबारको ठुला हावाहुरीका कारण ढलेपछि बनाउन थालिएको छ । बुधबारदेखि ती टावर पुनः बनाउन थालिएको हो ।
दूरसञ्चार सेवाप्रदायक स्मार्ट टेलिकमसँग सम्बन्धित ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८४ पैसा र बिक्रीदर १५३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा पूर्वाधार विकासका लागि नवीन र रूपान्तरणकारी योजना अगाडि सारेको छ । नीति तथा कार्यक्रमले पूर्वाधार विकास, डिजिटल रूपान्तरण र निजी क्षेत्रको सहभागितालाई मुख्य प्राथमिकतामा राखेको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
डेटा सेन्टरमा विदेशी लगानीको सम्भाव्यताका विषयमा सरकारले अध्ययन गर्ने भएको छ । पछिल्लो समय डेटा सेन्टरमा बढ्दो लगानी र विदेशी कम्पनीको समेत चासो बढेकाले थप स्पष्ट हुने गरी अध्ययन गर्ने तयारी गरिएको हो ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच बिहीबार बेइजिङमा शिखर वार्ता हुँदै छ । विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले उच्च महत्वका हेरिरहेको छ । नौ वर्षपछि तीनदिने राजकीय भ्रमणमा राष्ट्रपति ट्रम्प बुधबार साँझ चीनको राजधानी बेइजिङ आइपुग्नुभएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।