मुगु जिल्लाको रारातालमा सुरु भएको छैठौँ रारा ट्रेल रनको उपाधि जुम्लाका युवकराज बुढा र सुनमाय बुढाले हात पार्नुभएको छ । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका –७ का दलबहादुर कुँवर र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका –२ की सुनमाया बुढाले रारा ट्रेल रनको उपाधि हात पार्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले दूरसञ्चार क्षेत्र, ‘मिडिया’ नीति तथा सञ्चार क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर यी क्षेत्रमा आवश्यक अध्ययनसहित सुधारका प्रयास अघि बढाएको बताउनुभएको छ ।
नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको छ ।
द्वन्द्वको कारण विस्थापित भएका लगभग ४१ लाख सुडानी नागरिक आफ्नो मूल थात थलोमा फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम)ले घोषणा गरेको छ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै बैठकमा प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री वालेन्द्र शाहको विषयमा संसद् बैठकमा कुरा उठेकाले जवाफ दिन आग्रह गर्नुभएको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहकाे उपस्थितिको माग गर्दै विपक्षीहरूले सदन अवरुद्ध गर्नुभएको छ ।
रौतहट सदरमुकाम गौरमा रहेको इन्टरनेसनल बाल एकेडेमीले सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्डले चीन भ्रमणमा निस्कँदै गर्दा बेइजिङसँग व्यापार, प्रविधि र भू-राजनीतिक तनावलाई नयाँ ढङ्गले व्यवस्थापन गर्ने सङ्केत दिनुभएको छ ।
धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ चैत मसान्तसम्म नेपालको धितोपत्र बजारमा उल्लेखनीय विस्तार देखिएको हो ।
श्रीलङ्कामा चालु वर्षको मे महिनासम्म २७ हजार ७५४ डेङ्गुका घटना दर्ता भएको जनाउँदै १४ जनाको डेङ्गु संकमणका कारण मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले पुष्टि गरेका छन् ।
भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा भारी वर्षा र तीव्र हावाको कारण आश्रय लिएको संरचना अचानक ढलेपछि तीन बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रहरीले बुधबार पुष्टि गरेको छ ।
द्वन्द्वकालमा बन्द गरिएका बाँकेका सात वटा छोटी भन्सार कार्यालय पुनःस्थापनाको माग गर्दै आएका जिल्लाका उद्योगी, व्यवसायीहरूले एउटा मात्रै छोटी भन्सार पुनःस्थापना गर्ने सरकारी निर्णयप्रति आपत्ति जनाएका छन् ।
लमजुङका दुई निजी विद्यालयको पाँच विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ४.० जिपिए ल्याउँदै जिल्लाको शैक्षिक क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेका छन् ।
नेपालको लोकप्रिय डिजिटल प्लेटफर्म हाम्रो पात्रोले आफ्नो रेमिट्यान्स सेवा ‘हाम्रो पात्रो रेमिट’ मार्फत विशेष सामाजिक उत्तरदायित्व कार्यक्रमको शुभारम्भ गरेको छ ।