प्रवीण कुमार शर्मा
रौतहट, वैशाख ३० गते । रौतहट सदरमुकाम गौरमा रहेको इन्टरनेशनल बाल एकेडेमीले सामुदायिक बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।
गौर –२ मा रहेको रामजानकी कन्या आधारभूत बिद्यालयका विद्यार्थीलाई बुधबार शैक्षिक सामग्री सहयोग गरिएको इन्टरनेशनल बाल एकेडेमीका सञ्चालक सन्तोष पौडेलले बताउनुभयो ।
रामजानकी कन्या आधारभूत विद्यालयको शिशु कक्षादेखि ४ कक्षासम्म अध्ययनरत ९० जना छात्रालाइ ६ महिनाका लागि पुग्ने स्टेस्नरी उपलब्ध गराइएको उहाँले बताउनुभयो ।
राज्यले पाठयपुस्तक निःशुल्क रुपमा उपलब्ध गराए पनि कापीको अभाव बिद्यार्थीलाई रहेको र एउटै कापीमा सबै बिषय पढने गरेको देखेर पठनपाठनमा सहयोग पुग्ने उद्देश्यले स्टेशनरी सहयोग गरिएको इन्टरनेशल बाल एकेडेमीका सञ्चालक पौडेलले भन्नुभयो ।
धेरै विद्यार्थीलाई कापी किन्न पनि धौ–धौ हुने देखिएकाले इन्टरनेशनल बाल एकेडेमीले गरेको सहयोगले अभिभावकलाई समेत सहज भएको रामजानकी कन्या आधारभूत बिद्यालयका प्रधानाध्यापक रिना झाले बताउनुभयो ।
गौर –५ मा रहेको इन्टरनेशल बाल एकेडेमीमा हाल एक हजार चारसय बिद्यार्थी अध्यनरत रहेकोमा दश प्रतिशत विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने गरेको सञ्चालक पौडेलले बताउनुभयो । आफ्ना बिद्यालयका गरिव, बिपन्न बालबालिकालाई छात्रवृति सँगै स्टेशनरी, झोला, कपडा समेत सहयोग गर्ने गरेको उहाँले भन्नुभयो ।