• ३० वैशाख २०८३, बुधबार

सदनमा प्रधानमन्त्री आउनुपर्ने माग गर्दै सदन अवरुद्ध

blog

प्रतिनिधि सभामा सांसदहरू उठेर प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै ।

काठमाडौँ, वैशाख ३० गते । प्रतिनिधि सभामा प्रधानमन्त्री वालेन्द्र शाहकाे उपस्थितिको माग गर्दै विपक्षीहरूले सदन अवरुद्ध गर्नुभएको छ । 

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री बालेन्द्र साहले तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दै विपक्ष दलका सांसदहरूले बैठक अवरुद्ध पारेका हुन् । 

सभामुख डोलप्रसाद अर्यालले पटक पटक बस्न आग्रह गर्दा पनि सांसदहरूले आपत्ति जनाइरहेका छन् । 

यसैबिच श्रम संस्कृति पार्टी प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै संसद् छोडेर बाहिरिएको छ । 

बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राख्नुभएको छ । सभामुखले समय दिएपछि सांसदहरूबिच सवाल जवाफ भइरहेको छ । 

प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा तोकेकाे मन्त्रीले जवाफ दिने व्यवस्था रहेको छ ।