• ३० वैशाख २०८३, बुधबार

प्रतिपक्षी सांसदहरूको अवरोधपछि संसद् बैठक स्थगित

blog

प्रतिनिधिसभा बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ३० गते । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै बैठकमा प्रतिपक्षी सांसदहरूले अवरोध गरेपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभयो । प्रतिपक्षी दलका सांसदहरूले बैठकको कार्यसूची अनुसार प्रधानमन्त्री शाह बैठकमा आएर बैठकमा उठेको प्रश्नको जवाफ माग गर्नुभएको छ । प्रधानमन्त्री शाहले आफ्नो सट्टा जवाफ दिन अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई पठाउनु भएपछि प्रतिपक्षी दलका सांसदहरूले सिटबाट उठेर विरोध गर्नुभएको थियो । 

प्रतिपक्षी दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरूले सामुहिक रूपमा विरोध गर्नुभएको थियो ।