ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माण गरिएको दुई वटा भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सल्यानका ६ जना विद्यार्थीले ४ जीपीए हासिल गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार जिल्लाका चार विद्यालयका ६ विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका हुन् ।
सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।
कपिलवस्तुको शिवराज अस्पतालको ३८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको प्रकरणमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।
सप्तरीको विष्णुपुर गाउँपालिका–१, खुरहुरियामा आगलागी हुँदा ६ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको मागपछि स्थगित भएको संसद् बैठक पुनः सुचारु भएको छ ।
धनुषाको ढल्केबरका युवा खेल मैदान खोज्नका लागि लागि सक्रिय भएका छन् । खेल मैदानको अभावमा लामो समयदेखि खेलकुद गतिविधि शुन्य भएपछि यहाँका युवा उपयुक्त खेल मैदानको व्यवस्थापनमा जुटेका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आगामी दुई वर्षभित्र मधेश प्रदेशलाई पूर्ण साक्षर घोषणा गर्ने गरी सरकारले कार्ययोजना अघि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
ढोरपाटन नगरपालिका–५, अधिकारीचौरबाट बुर्तिवाङ आउँदै गरेको ध. १ त. ५७७ नम्बरको ट्याक्टर बाउनगाउँमा दुर्घटना हुँदा ट्याक्टरमा सवार १६ वर्षीय सुशीला सुनारको मुत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिनुभयो ।
मुक्कुम्लुङ संरक्षण र पाथीभरा क्षेत्र (मुक्कुमलुङ)मा केबलकार खारेजीको माग गर्दै मुक्कुम्लुङ तान्सेप चुम्भो तथा मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले विभिन्न चरणका संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गर्नुभएको छ ।
गुल्मीको इस्मामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । इस्मा गाउँपालिका–६, अमरपुरका ४५ वर्षीय थम्मनबहादुर कुमालले ४३ बर्षीया श्रीमती यनी भन्ने सावित्रा कुमालको मृत्युभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो।
सल्यान जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शारदा नगरपालिका पहिलो भएको छ । शारदा नगरपालिकाले १२ स्वर्ण, १० रजत र ६ कांस्यसहित कुल २८ पदक जित्दै उपाधि हात पारेको हो ।
जिल्लाको काठेखोला गाउँपालिका-६, बिहुँमा भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रका बालबालिकाहरुलाई फुटबल खेलको क्षेत्रमा अगाडि बढाउन प्रेरित गर्ने र खेल प्रतिभा प्रस्फुटनका लागि भिमसेन ग्रासरुट फुटबल एकेडेमी सञ्चालन गरिएको हो ।
सांसदहरूले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।