• ३० वैशाख २०८३, बुधबार

सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन

blog

सङ्घीय संसद्, प्रतिनिधिसभाको बुधबार सिंहदरबारस्थित संसद् भवनमा बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्याल। तस्बिर किरणराज विष्ट

काठमाडौँ,  वैशाख ३० गते । सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गर्नुभएको असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष खनालले नेता थापाले मङ्गलबार व्यक्त गर्नुभएको धारणा असंसदीय रहेको भन्दै हटाउन माग गर्नुभएको थियो ।

सभामुख अर्यालले सङ्घीय संसद् नियमावलीअनुसार असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभयो । सांसद मनिष खनालले धारणा राखे लगत्तै एमालेका सांसद ऐन महरले विरोध जनाउनुभएको थियो । रासस