• ३० वैशाख २०८३, बुधबार

अवरोधपछि स्थगित संसद् बैठक सुचारु

blog

प्रतिनिधिसभा बैठक ।

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख ३० गते । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको मागपछि स्थगित भएको संसद् बैठक पुनः सुचारु भएको छ ।  

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको बताउनुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङदाम्बेले धारणा राख्नुभएको छ । 

१५ मिनेटका लागि स्थगित भएको बैठक करिब पौने घण्टापछि सुरुभएको छ । प्रतिपक्षी दलहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), श्रम संस्कृति पार्टी, राप्रपाका सांसदहरूले सामुहिकरूपमा विरोध गर्नुभएको थियो ।