माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा गण्डकी प्रदेशका ७२ दशमलव ७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । परीक्षामा सहभागी कुल ३६ हजार ४ सय ९३ विद्यार्थीमध्ये २६ हजार ५ सय ५० विद्यार्थी ग्रेडेड भएका हुन् ।
जिल्लाका विभिन्न स्थानमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरूले बरामद गरेको चिनियाँ मदिरा नष्ट गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित राजवंशी भाषा
बितेका २४ घण्टामा एक हजार ६८७ सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३१ हजार ५०६ राजस्व दाखिला भएको छ ।
इलामको सूर्योदय नगरपालिका–१० फिक्कलमा सञ्चालित फिक्कल अस्पतालमा इको सेवा सञ्चालनमा ल्याइएको छ । थप स्वास्थ्य सेवा विस्तार गरी नागरिकलाई सेवा प्रदान गर्नका लागि अस्पतालमा इको सेवा सञ्चालन गरिएको हो ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण साझेदारीमा दोस्रो चरणको सडक, ढल तथा फुटपाथ निर्माणको काम अगाडि बढाइएको छ । पहिलो चरणको निर्माण कार्य भएको करिब दुई वर्षपछि भीमदत्तमा एडिबीको दोस्रो चरणको निर्माण अगाडि बढेको हो ।
कैलालीको घोडाघोडी नगरपालिका–१२, त्रिवेणीका सावित्री चौधरीले दुनाटपरी बनाउने तालिम लिएपछि स्वरोजगार बन्नुभएको छ । उहाँले सालका पातका दुनाटपरी बेचेर राम्रो आम्दानी गर्न थालेको बताउनुभयो । अचेल सावित्रीको दिन जङ्गलबाट सालका पात टिपेर ल्याई मेसिनले दुनाटपरी बनाउनमै बित्ने गरेको छ ।
नेपाल मात्र होइन, विश्वमै सबैभन्दा बढी प्रयोग हुने तरकारीमध्ये आलु अग्रस्थानमा पर्छ । तराईको समथर भूभागदेखि समुद्री सतहबाट करिब ४ हजार ४ सय मिटर उचाइसम्म खेती हुने भएकाले नेपालका अधिकांश जिल्लामा आलु उत्पादन हुँदै आएको छ ।
बैतडीको गोकलेश्वरमा रहेको देशकै एक मात्र सामुदायिक कृषि तथा पशु विज्ञान क्याम्पस थला परेको छ । गोकुलेश्वर कृषि तथा पशु विज्ञान क्याम्पसका विद्यार्थीले परीक्षा दिन काठमाडौँ जानुपर्ने झन्झटले विद्यार्थी सङ्ख्या घट्दै गएको क्याम्पस प्रमुख परमानन्द जोशीले बताउनुभयो ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका अन्तर्गत पर्ने फिलिम–लार्केपास क्षेत्रको मनास्लु पदमार्ग मर्मत सम्पन्न भएपछि पर्यटकको यात्रा सहज भएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज र कृष्णसार संरक्षण क्षेत्रको स्वामित्वमा रहेको जग्गा अतिक्रमण भएको पाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको ९६८ वर्ग किलोमिटर क्षेत्रफलमध्येमा ९२३ बिघा जमिन अतिक्रमण भएको छ । कृष्णसार संरक्षण क्षेत्रको दुई हजार ५५० बिघा क्षेत्रफलमध्ये संरक्षण क्षेत्रभित्र कृष्णसार बसोबास गर्ने स्थानकै रूपमा रहेको ८० बिघा जमिन अतिक्रमण भएको छ ।
सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगमा पर्ने रामनगर गाउँपालिकामा मङ्गलबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
तराई क्षेत्रका अधिकांश गाउँमा खाना पकाउने ग्यासको प्रयोग बढे पनि रुपन्देहीमा भने गोबर सुकाएर बनाइने गुइँठाबाट खाना पकाउने प्रचलनमा कमी आएको छैन । गाईभैँसी पाल्ने घरका महिला त्यही गाईभैँसीको गोबर सुकाएर गुइँठा बनाई खाना पकाउने गरेका छन् । खाना पकाउने ग्याँसको मूल्य बढिरहने हुँदा तराई क्षेत्रका महिलाले पछिल्लो समय गुइँठाको प्रयोग अझै बढाएको बताउँछन् ।
गुल्मीको छत्रकोट गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। यहाँका छ वटै वडामा रहेका बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रम अनुसार खोप दिएसँगै गाउँपालिकाकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा अवस्थित डमरु दह अहिले पर्यटक आकर्षणको केन्द्र बन्न थालेको छ । अग्लो तथा समथर भूभागका बिचमा चारैतिर बस्तीले घेरिएको यस दहलाई पछिल्लो समय व्यवस्थित र आकर्षक बनाउने काम पनि भइरहेको छ । दहवरिपरि पैदलमार्ग तथा पार्क निर्माण गरिएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।