श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट ३ पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन् । नयाँ जिम्मेवारीअनुसार सुदन किरातीको वरिष्ठ नेता, प्रकाश विकल्प उपाध्यक्ष र सचिवमा टीकाराम राई रहनुभएको छ ।
कपिलवस्तुको शिवराज अस्पतालमा बैङ्कमा दाखिला गरिएको भनिएको ३८ लाख रुपैयाँभन्दा बढी रकम खातामा नदेखिए पछि सुरु भएको अनुसन्धानका क्रममा ५ जना पक्राउ परेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सातौँ राष्ट्रिय महाधिवेशनले पुण्यप्रसाद सिटौलाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । वैशाख २७ गते पोखरामा सुरु भएको महाधिवेशन बुधबार नयाँ नेतृत्व चुनेर सकिएको हो ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीको दैलोमा आउने सेवाग्राहीलाई निराश भएर फर्किन नदिन निर्देशन दिनुभएको छ ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा यही जेठ १ गतेदेखि सुरु हुने तीन दिने ‘जनकपुर साहित्य महोत्सव’ को छैटौँ संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।
सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार साँझ घरको छतबाट खसेर दुई जना मजदुरको मृत्यु भएको छ ।
सरकारले प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने उद्देश्यले सङ्घीय मन्त्रालयको सङ्ख्या २२ बाट घटाएर १८ पुर्याउने निर्णय गरेको छ।
बाँकेको जानकी गाउँपालिकापछि दोस्रो नम्बरमा नेपालगन्ज उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ।
बाढीले बगाएको थामे स्वास्थ्य चौकीको पुननिर्माण कार्य सुरु भएको छ । २०८१ साउन ३२ गते हिमताल फूटेर गएको हिम पहिरोले बगाएको थामे स्वास्थ्य चौकी हिमालयन ट्र्ष्ट नेपालको अगुवाइमा पुनःनिर्माण सुरु भएको हो ।
नेपाली सेनाले दुईदिने 'राष्ट्रिय साइबर सुरक्षा गोष्ठी' सम्पन्न गरेको छ । जङ्गी अड्डामा आयोजित उक्त गोष्ठीको प्रधानसेनापति अशोकराज सिग्देलले समापन गर्नुभयो ।
रग्बी रेफ्री प्रेमबहादुर कोइरालाले सेन्ट्रल एन्ड साउथ एसिया (कासा) रग्बी सेभेन्स प्रतियोगितामा मुख्य रेफ्रीका रुपमा सहभागी हुन बिहीबार उज्वेकिस्तानको तास्केन्त प्रस्थान गर्नुहुनेछ । प्रतियोगिता मे १७ देखि १८ तारिखसम्म हुनेछ ।
नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा ४२औँ राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता बुधबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।
सरकारले निजामती कर्मचारीलाई कुनै पनि राजनीतिक दल वा दलका भ्रातृ सङ्गठनको सदस्यता नलिन र राजनीतिक गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिएको छ।
गोरखाको भीमसेन थापा गाउँपालिका–२, रातामाटेमा ट्याक्टर दुर्घटना हुँदा १३ वर्षीय बालकको मृत्यु भएको छ ।
गोरखापत्र संस्थानको निमित्त प्रमुखमा कार्यकारी सम्पादक उमेशकुमार ओझा नियुक्त हुनुभएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट उहाँलाई सो पदमा नियुक्त गरिएको हो ।