स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक्नुभएको छ भने अझै सय मुरी उठाउन बाँकी छ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रको आधारशिला विस्तृत शान्ति सम्झौता भएको बताउनुभएको छ ।
सुनसरी प्रकाशपुरका कृषक टेककुमारी बस्नेतले कृषि पेसा गरेको धेरै वर्ष भयो । बस्नेतले सात वर्षदेखि लगाएका बालीहरूमा गोडमेल गर्न छाड्नु भएको छ ।
नवलपुरको नारायणी नदी आसपासका क्षेत्रमा यति बेला जाडो छल्नका लागि विभिन्न किसिमका चरा आइपुगेका छन् ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा पुनः ‘मेमोग्राफी’ सेवा सुरुआत गरिएको छ । स्तन क्यान्सर पहिचानका लागि निकै उपयोगी मेसिन बिग्रिएपछि विगत तीन वर्षदेखि सेवा बन्द रहेको थियो । नयाँ मेसिन जडान गरी पुनः सेवा सुरु गरिएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक काममा दलगत आस्थाबाट माथि उठ्नु पर्ने बताउनुभएको छ ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा सहभागी टोली सुदूरपश्चिम रोयल्सलाई नेपाल टेलिकमले प्रायोजन गरेको छ ।
जाडो मौसम सुरु भएपनि तनहुँमा डेंगु सङ्क्रमण कायमै छ । डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिरहेको छ । जिल्लामा पाँच हजारभन्दा बढीमा डेंगुकाे सङक्रमण पुष्टी भइसकेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि बुधबार गुयाना पुग्नुभएको छ । उहाँ ५६ वर्षमा गुयानाको भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्री मोदी लाई एयरपोर्टमा गुयानाका राष्ट्रपति मोहम्मद इरफान अली तथा मन्त्रीहरूले स्वागत गरेको स्रोतले जनाएको छ ।
आज नोभेम्बर २० तारिख विश्वभर विविध कार्यक्रम गरी विश्व बाल दिवस मनाइँदैछ । यस वर्षको अन्तर्राष्ट्रिय बाल दिवसको नारा ‘भविष्यका बारेमा सुन्नुहोस्ः बालबालिकाको अधिकारका पक्षमा उभिनुहोस्’ भन्ने तय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले गत कात्तिक महिनामा विभिन्न अपराध सम्बन्धी एक सय १८ वटा मुद्दा दर्ता गरेको छ भने विभिन्न मुद्दामा संलग्न दुई सय तीन जना अभियुक्तहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ ।
विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन-पोखरा सडक खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ ।
नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् । कैलालीमा रहेको घोडाघोडी ताल क्षेत्र, बसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल क्षेत्र, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करीडोर लगायतको क्षेत्रमा यो प्रजातिको चरा पाउन थालेका हुन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापा जिल्ला जङ्गली हात्तीबाट धेरै प्रभावित बनेको बताउँदै हात्ती नियन्त्रणका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।
उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन ।