• १२ चैत २०८२, बिहिबार

नेपालगञ्जमा एप्पल स्टोर सञ्चालन

blog

नेपालगन्जको धम्बोझीमा सञ्चालनमा आएको एप्पल स्टोरको उद्घाटन गरिँदै । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, चैत १२ गते । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको प्रविधिमैत्री ग्राहकलाई लक्षित गर्दै नेपालगन्जको धम्बोझीमा कान्तिपुर इलेक्ट्रोनिक्स प्लाजा प्रालिले अत्याधुनिक एप्पल स्टोर सञ्चालनमा ल्याएको छ ।

करिब एक करोड रुपियाँको लगानीमा स्थापना गरिएको यो स्टोर बुटवलदेखि पश्चिम क्षेत्रकै पहिलो एप्पल स्टोर भएको प्रबन्ध निर्देशक ऋषि कँडेलले बताउनुभयो । उहाँले बिहीबारदेखि स्टोर सञ्चालनमा आएको जानकारी दिनुभयो ।

स्टोर औपचारिक रुपमा सञ्चालनमा आएपछि एप्पलका गुणस्तरीय उत्पादनका लागि अब काठमाडौँ वा छिमेकी मुलुक भारतसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँका अनुसार एप्पल कम्पनीद्वारा उत्पादित पूर्ण रेन्जका सबै सिरिजका आइफोन, आइप्याड, म्याकबुक, एप्पल वाचच र एयरपापेड्सहरु स्टोरमा उपलब्ध हुनेछन् । साथै एप्पलका सम्पूर्ण सक्कली एक्सेसरिजहरुका साथै दक्ष प्राविधिकबाट भरपर्दो मर्मतसम्भारको सुविधा समेत हुनेछ ।

अनलाइन बुकिङ, किस्ताबन्दी तथा निःशुल्क होम डेलिभरीको व्यवस्था रहेको बताइएको छ । स्टोरले उद्घाटन विशेष अफरअन्तर्गत आइफोन बुकिङ गर्ने पहिलो ११ जना ग्राहकलाई एप्पल एयरपोड्समा ४० देखि ६० प्रतिशतसम्म विशेष छुट प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी उद्घाटन भएको दिनदेखि एक हप्तासम्म पुराना सेट लिएर आउने एक हजार जना ग्राहकलाई निःशुल्क स्क्रिन गार्डको सुविधा दिइने स्टोरले जनाएको छ । ग्राहकहरुको सुविधा र विश्वासलाई मध्यनजर गर्दै पश्चिम नेपालको डिजिटल बजारमा नयाँ आयाम थप्ने विश्वास लिइएको स्टोरले जनाएको छ ।