धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ ।
मानव शरीरको घाँटीको अघिल्लो भागमा श्वास नलीको दुवैपट्टि पुतली आकारमा थाइराइड ग्रन्थी रहेको हुन्छ ।
बैँक तथा वित्तीय संस्थामा खाता खोलेर निक्षेप राख्ने, कर्जा लिने वा विदेशबाट आफन्तले पठाएको विप्रेषण लिने वा
कलाले समय बोल्छ । तात्कालिक सामाजिक, आर्थिक, वातावरणीय अवस्थालाई देखाउन जान्न बुझ्न मद्दत गर्छ । विशेषगरी पुराना जीवनशैली र सामाजिक अध्ययनमा पनि कलाको निकै महìव रहने गरेको छ ।
निर्माण व्यवसायीको चरम लापरबाहीका कारण बागलुङमा दुई वटा मोटरेबल पुल नौ वर्षदेखि अलपत्र छन् ।
प्रवीण कुमार शर्मा रौतहट, वैशाख १२ गते । मालपोत कार्यालय गौर मार्फत सरकारलाई राजस्व बुझाउन आएका सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । मालपोत कार्यालय गौरले राजस्व बुझाउनका लागि सहज नबनाएपछि सेवाग्राहीले दिनभर धाएर बैङ्क पुग्नुपर्ने सास्ती खेप्नुपरेको हो । बजारमा दर्जानौ बैङ्क भए पनि ती बैङ्कसँग एउटा काउन्टर सञ्चालनको माग राख्न नसक्दा सेवाग्राहीले सास्ती भोग्नुपरेको भन्दै तत्काल यो व्यवस्था गर्न माग गरेका छन् । दैनिक ५० देखि सय जना सेवाग्राही मालपोत कार्यालय पुगेर सास्ती भोग्दै आएको नागरिक समाजका अध्यक्ष विजय किशोर झाले बताउनुभयो । कार्यालयका हाकिम सेवाग्राहीको सहजताका लागि कुनै पनि चासो नदिएको उहाँको आरोप छ । बैंंकसँग अनुरोध गरे एक मिनेटमा हुने कामलाई यहाँका कर्मचारीले बेवास्ता गरेको उहाँको भनाइ छ । राज्यलाई राजस्व बुझाउने व्यवस्थामा बेवास्ता गर्ने हाकिमलाई सरुवा गरेर सक्षम हाकिम पठाउनुपर्ने स्थानीयको माग छ । मालपोत कार्यालयको कम्पाउन्डभित्र नै नापी कार्यालय पनि छ सँगै जिल्ला अदालत पनि तर बैङ्क भने टाढा छ । दुर्गा भगवती वडा नं. २ का रामचन्द्र दासका अनुसार कार्यालयमा बैङ्कको एक्सटेन्सन काउन्टर नहुँदा आफूलाई १० धुर जग्गा आफ्नो नाममा रजिस्ट्रेसन गराउन २ दिन लागेको दुःखेसो पोख्नुभयो । उहाँले भन्नुभयो, “खरिद गरेको जग्गा पारित गराउन सबै प्रक्रिया पूरा गर्दा गर्दै ४ बज्यो , मालपोत दस्तुर जम्मा गर्न बैङ्क जाँदा बैङ्क प्रवेश गर्ने ढोका बन्द भइसकेकोले राजस्व जम्मा गर्न पाइएन , त्यही कारण भोलिपल्ट आएर काम गराउनु पर्यो ।” अर्का सेवाग्राही गौर वडा नं. २ का महदेव पासवानको पनि समस्या उस्तै छ । उहाँ कृषि कर्जाको लागि बैकमा जग्गा धितो राखेर ऋण लिने प्रयोजनको लागि आफ्नो जग्गा दृष्टि बन्धक गराउन मालपोत कार्यालय पुग्नुभयो । अन्य काम भए पछि रोक्का दस्तुर बुझाउन बैङ्कमा लामो लाइन बसेर राजस्व रकम बुझाइ फर्किदा मालपोत कर्मचारी कार्यालय समय सकेर घर गइसक्नुभएको थियो । उहाँले दुःखेसो पोख्दै भन्नुभयो, “गौरकै सेवाग्राहीलाई गौरमै रहेको कार्यालयबाट एउटा सेवा लिन दुई दिन लाग्यो ।”तर मालपोत कार्यालयका प्रमुख धर्मराज रोकायाले भने राष्ट्रिय वाणिज्य बैङ्कसँग अनुरोध गरे पनि सुनुवाइ नगरेको बताउनुभयो । राजस्व दाखिला गर्न सेवाग्राहीलाई दुःख दिनुमा बैङ्कको भूमिका रहेको उहाँको भनाइ छ । राष्ट्रिय वाणिज्य बैङ्क गौरका शाखा प्रबन्धक सुनिल भण्डारीले भने काउन्टर राख्न केन्द्रमा प्रस्ताव राखेको बताउनुभयो ।
बाबुराम शर्मा दोलखा, वैशाख १२ गते । काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनले शैक्षिक सत्र २०८२ सुरु भएर लामो समय बितिसक्दा पनि भर्ना अभियान, पाठ्यपुस्तक वितरण तथा पठनपाठन नहुँदा दोलखाका २८ हजार ३४६ विद्यार्थी अन्योलमा छन् । सदरमुकाम चरिकोट स्थितको कालिन्चोक माध्यमिक विद्यालयमा अध्ययनरत छात्र अस्मिन शर्माले चिन्ता व्यक्त गर्दै भन्नुभयो,पढाइ सुरु नहुँदा कहिले विद्यालय खुल्ला भन्ने चिन्ता लागिरहेको छ । पढाइ नहुँदा बरालिने काम भएको छ । पढ्ने रहर सपना बन्ने हो कि भन्ने चिन्ता लागिरहन्छ । बिस्तारै सामुदायिकका विद्यार्थीहरू पनि संस्थागत विद्यालयमा भर्ना हुन थालेका छन् । संस्थागत विद्यालयका विद्यार्थीहरू विद्यालय जाँदा आफूलाई नराम्रो लाग्न थालेको छ । आन्दोलनले हामीलाई मात्र विक्षिप्त बनाएको छ । पढाइ कहिले सुरु हुने हो ? ढिला हुँदै गर्दा पढाइ र परीक्षाहरू पनि प्रभावित बन्छन् । सरकारले पढाइ हुने वातावरण बनाउनु पर्यो । भीमेश्वर नगरपालिका–२ स्थितको राजकुलेश्वर आधारभूत विद्यालयमा अध्ययनरत प्रकृति खडकाले गुनासो पोख्दै भन्नुभयो, अहिले विद्यालयमा विद्यार्थी तथा अभिभावकहरूको भर्ना र पढाइमा घुइँचो हुनुपर्नेमा विद्यालयहरू सुनसान बनेका छन् । हेर्दा उराठलाग्दो देखिएको छ । नरमाइलो लाग्छ । पढाइमा ह्रास आउने अवस्था देखिएको छ । सरकारले आन्दोलनप्रति खासै चासो देखाएन । शिक्षकहरू ऐन नआएसम्म विद्यालय नफर्किने भए । समस्या जटिल बन्दै गएको छ । भीमेश्वर नगरपालिका–७ स्थितको वीरेन्द्र आधारभूत विद्यालयकी अभिभावक सम्झना भुजेलले भन्नुभयो, विद्यालय खुलेर पठनपाठन नहुँदा भुराहरू बिग्रिन थालेका छन् । कक्षा ६, ३ र नर्सरीमा अध्ययन गर्ने छोराछोरीहरूले शिक्षकहरू आन्दोलनमा रहँदा पठनपाठन गर्न नपाएपछि अभिभावकमा पीडा भएको छ । सरकारले पठनपाठन हुने तुरुन्त वातावरण बनाई देओस् । अभिभावकहरू पनि चिन्तित बनेका छन् । नजानिँदो पाराले बालबालिकाको भविष्यमाथि खेलबाड भएको छ । सैलुङ गाउँपालिका– ८ स्थितको शारदा माध्यमिक विद्यालयका अभिभावक दीर्घकाल तामाङले भन्नुभयो, सरकारको ठुलो कमजोरी देखिएको छ । जायज मागलाई सम्बोधन गरी आन्दोलनरत शिक्षकहरूलाई विद्यालयमा पठाउनु पर्छ । लामो समय भयो, अन्यथा विद्यार्थी र अभिभावकको पनि आन्दोलन निम्तिन सक्छ । स्थानीय तहहरूले पनि चासो देखाउन थालेका छन् । वैतेश्वर गाउँपालिकाले शैक्षिक सत्र २०८२ मा विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरणलगायतका काममा ढिला भई विद्यार्थी मारमा परेकाले पालिका भित्रका शिक्षकहरूलाई तुरुन्त आन्दोलनबाट फर्केर पठनपाठन सुचारु गर्न निर्देशन दिएको छ । बालबालिकाको पढ्न पाउने हक र उनीहरूको मनोवैज्ञानिक पक्षलाई ध्यान दिन पनि आग्रह गरिएको पालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख भरतबहादुर भट्टराइले चिन्ता व्यक्त गर्दै भन्नुभयो, सरकारले छिटै पठनपाठन हुने वातावरण बनाउनु पर्छ । आन्दोलन निकै लामो भइसक्यो । भर्ना अभियान आन्दोलनमै बितिसक्यो । परीक्षा तथा उत्तर पुस्तिका परीक्षणलाई प्रत्यक्ष असर परेको छ । शिक्षा विकास तथा स।समन्वय इकाई दोलखाको अभिलेख अनुसार सामुदायिक विद्यालयमा दरबन्दी, राहत, अनुदान, बाल शिक्षालगायतका दरबन्दीमा एक हजार ९०८ जना शिक्षक कार्यरत छन् । कक्षा १ देखि कक्षा १२ सम्म २८ हजार ३४६ विद्यार्थी अध्ययनरत छन् ।
सर्प देख्नेबित्तिकै प्रायः मानिसको शरीर सिरिङ्ङ हुन्छ । विषालु सर्प घातक हुन्छन् र तिनले टोकेमा हाम्रो ज्यान जान सक्छ तर सर्पको राम्रो पक्ष पनि छ ।
जिल्ला ट्राफिक कार्यालय मुस्ताङका प्रमुख भुवन क्षेत्रीले बेनी–जोमसोम–कोरला नाका हुँदै मुस्ताङ जिल्लामा प्रवेश गर्ने सवारीसाधनलाई रोकेर सम्मानपूर्वक चालकलाई स्वागत गर्दै यात्राका बारेमा जिज्ञासा राख्नुहुन्छ ।
मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक आठ वर्षमा १७ किलोमिटर कालोपत्र भएको छ । चौबिस किलोमिटर लामो यो सडकको स्तरोन्नति आठ वर्षअघि थालिएको हो ।
बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गतको पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बन्न नसक्दा बर्सेनि दुर्घटनाको जोखिम बढ्दै जान थालेको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा हरेक वर्ष ५० हजारका दरले सेवाग्राही थपिँदै गए पनि सेवा दिने जनशक्ति बढ्न सकेको छैन ।
आज विश्व औलो दिवस हो । यस अवसरमा विश्व स्वास्थ्य सङ्गठनले औलो उन्मूलनका निम्ति नीतिगत व्यवस्थाका साथ अझ सशक्त ढङ्गले अघि बढ्न विश्वका सबै देशका सरकार तथा सम्बद्ध निकाय आह्वान गरेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ ।
बङ्गुरपालन गरेका म्याग्दीका एक युवाले निरन्तर मेहनत गर्ने हो भने देशमै स्वरोजगार र आत्मनिर्भर बन्न सकिने सन्देश दिनुभएको छ ।