दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय दाङको मुख्य गन्तव्य बनेको छ । थारू समुदायको कला, संस्कृति र परम्परागत पहिचान झल्काउने उद्देश्यले स्थापना गरिएको सङ्ग्रहालय अहिले पर्यटकीय गन्तव्य बनेको हो ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहँदा देशको पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
नेपाल आइडल सिजन–६ की विजेता गङ्गा सोनामको पहिलो गीत ‘गुनासो’ सार्वजनिक भएको छ । गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय रहेको छ ।
ज्येष्ठ प्राध्यापक समाजले चाडपर्व विशेष कार्यक्रमको आयोजना गर्दै नेपालको शैक्षिक विकासमा योगदान पु¥याउने सात अग्रज व्यक्तित्वलाई सम्मानित गरेको छ ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ हुँदै छ ।
हिजोआज चिया नभई कसैलाई निद्रा खुल्दैन त कसैलाई निद्रै लाग्दैन । बिहान होस् वा बेलुका चिया निद्रा खुलाउने र लगाउने पेय बनेको छ । मान्छे जागा भएका बेला जतिबेला पनि चिया समय अनि घरमा आएका पाहुनाको स्वागत गर्ने पनि त्यही चिया ।
नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपियाँ ९३ पैसा र बिक्रीदर १४१ रुपियाँ ५३ पैसा निर्धारण गरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीलाई तोकिएको ढाँचामा र समयमा अनिवार्य रूपमा वित्तीय विवरण तथा अन्य महत्वपूर्ण सूचना पेस गर्न निर्देशन दिएको छ ।
जिल्लाको भेरीगङ्गा नगरपालिकास्थित सुर्खेत भेरीगङ्गा रामघाट विमानस्थलको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेतको वैकल्पिक विमानस्थलका रूपमा निर्माण गर्न लागिएको यस विमानस्थलको इआइए प्रतिवेदन सार्वजनिक सुनुवाइ कार्यक्रममा सार्वजनिक गरिएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँलक्षित एक हजार आठ सय खसीबोका र च्याङ्ग्रा खरिदबिक्री गर्ने तयारी गरेको छ ।
सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाइएकाले भर्जुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत त्यस्ता सञ्जाल नचलाउन आग्रह गरेको छ ।
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले निजामती कर्मचारीले सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसले २६ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णयका सन्दर्भमा मध्यमार्गी उपाय खोज्न माग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबारको बैठकले सामाजिक सञ्जाल बन्द भएपछि उत्पन्न परिस्थिति सहज बनाउन तत्काल उपयुक्त उपाय खोज्न माग गरेको हो ।
बुवाको नाममा परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा छोरा फेला परेपछि क्याम्पस प्रशासनले उनलाई प्रहरीको जिम्मा लगाएको छ ।
युक्रेनी वायु सेनाले जानकारी दिएको अनुसार, शनिबार राति रसियाले युक्रेनमाथि ८०५ ड्रोन र १३ मिसाइल प्रहार गरेको छ ।