प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
इरानले स्ट्रेट अफ होरमुजमा आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल बूथ’ प्रणाली लागु गरेको छ, जसले यसलाई तेल ढुवानीको महत्वपूर्ण मार्गको प्रमुख संरक्षक बनाउने सम्भावना देखिन्छ ।
रूसी ऊर्जा कम्पनी ‘गैजप्रोम नेफ्ट’ले २०२६ मा आफ्नो हाइड्रोकार्बन उत्पादन बढाउने योजना बनाएको छ । कम्पनीका सिइओ अलेक्ज्यान्डर ड्यूकोभले बिहीबार यहाँ उद्योग तथा व्यापार सम्मेलनमा यो जानकारी दिनुभएको छ ।
नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने भएको छ ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको शपथग्रहण समारोह राष्ट्रपति भवन शीतल निवासमा शुरु भएको छ ।
राष्ट्रपति भवन, शीतल निवासमा नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथका लागि तयारी भइसकेको छ ।
सुदूरपश्चिम प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाले चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटबाट जिल्लाका कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गरेको छ।
दाङको घोराही उपमहानगरपालिका–१३, भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइएको छ। चैत्रशुक्ल नवमीको अवसरमा भगवान् श्रीरामको जन्म भएको सम्झनामा पूजा–अर्चना र मेला आयोजना गरिएको हो।
देशकै प्रसिद्ध धार्मिक शक्तिपीठ, बागलुङको कालिका भगवती मन्दिर परिसरमा लाग्ने ऐतिहासिक चैते दसैँ मेला धार्मिक उत्सव मात्र नभई स्थानीय उत्पादनको बजारीकरणको थलोको रूपमा पनि महत्त्वपूर्ण मानिन्छ।
बाँके जिल्लाका ग्रामीण र सहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको सङ्ख्या बढ्दै गएको देखिएको छ। जिल्लामा समय समयमा आयोजना गरिने निःशुल्क आँखा उपचार शिविरमा मोतिविन्दुका बिरामी बढी देखिने गरेको पाइएको छ।
स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा चार हजार ६०० ले घटेको छ भने चाँदी पनि १५० ले घटेको छ ।
बाँकेको भूमि सुधार तथा मालपोत कार्यालयले गत भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) को स्रेस्ता पुनः कायम गरेको छ।
ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य क्षितिज थेबेले आफ्नो पहिलो महिनाको पारिश्रमिक आगेपा आधारभूत विद्यालयलाई प्रदान गर्ने हुनुभएको छ ।
शुक्रबार बिहान झिम्रुक गाउँपालिका–३ आहालखोलामा बाँदिकोटबाट बुटवल जाँदै गरेको स्वर्गद्वारी यातायात प्रा. लि. को ‘अन टेस्ट’ मिनी बस दुर्घटना भएको छ।