शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १३ गते । नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यका लागि ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको यही चैत १० र ११ मा बसेको बैठकले गरेको निर्णयानुसार पार्टी शनिबार बिहान ११ बजे उक्त कार्यक्रम आयोजना गरिएको हो ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिवले विज्ञप्ति जारी गरी शनिबार कार्यक्रम हुने कार्यक्रममा अनिवार्य सहभागिताका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूलाई आग्रह गरिएको बताउनुभयो । रासस