यहाँको निसी खोला गाउँपालिकाका दुई हजार ९१३ विपन्न बालबालिकालाई कपडा वितरण गरिएको छ । ‘स्लिपिङ चिल्ड्रेन अराउन्ड द वल्र्ड क्यानडियन’ संस्थाको सहयोगमा रोटरी क्लब अफ हिमालयन ग्लोफोर्स काठमाडौँले दुई करोड ३४ लाख रुपैयाँबराबरको लत्ताकपडा वितरण गरेको हो ।
स्वास्थ्य सेवा कार्यालय कालीकोटले आफ्नो प्रशासनिक कार्यसम्पादनलाई थप पारदर्शी र प्रविधिमैत्री बनाउन डिजिटल ई–हाजिरी प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
जिल्लाको सात वटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै भवन बनाउने छैटौँ स्थानीय तह बनेको छ । यसअघि मोदी, विहादी, पैंयूँ, महाशिला र जलजला गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएका छन् ।
नाम्खा गाउँपालिका–५, यारीको दह क्षेत्रमा सार्वजनिक जग्गामा घर निर्माण गर्ने क्रम बढ्दै गएको छ । कर्णाली काेरिडोरअन्तर्गत सिमकोट–हिल्सा सडकखण्ड दह क्षेत्रसम्म जोडिएपछि यारीवासी पुरानो गाउँ छोडेर सार्वजनिक जग्गामा नयाँ घर निर्माण गरी बस्न थालेका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले मधेश प्रदेशका भारतीय सीमावर्ती क्षेत्रमा छोटी भन्सार सञ्चालन गर्न सरकारसँग माग गर्नु भएको छ।
गुल्मीको गुल्मीदरबार गाउँपालिकामा रहेको गुल्मीदरबार आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम औपचारिक रूपमा लागू गरिएको छ।
जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी लाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका-७, कौवाई खोला क्षेत्रमा हिँडडुल गरिरहेको अवस्थामा जिल्ला उदयपुर त्रियुगा नगरपालिका वडा नं. ७ कौवाई बस्ने ७० वर्षीय दिल बहादुर मिरिङचिङ मगरलाई अस्थाई प्रहरी पोष्ट संगमचोक उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
स्थानीय तहमा मातृ तथा नवजात स्वास्थ्य सेवामा कार्यरत स्रोत व्यक्तिलाई सुत्केरी अवस्थामा हुने रक्तश्राव रोक्ने र महिलाको जीवन बचाउने सम्बन्धी तालिम प्रदान गरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र चौधरीले भूमिहीन सुकुमवासी, मुक्त कमैया तथा वास्तविक ऐलानी बासिन्दाको लगत संकलन गर्ने कार्य प्रशासन र प्रहरीको काम नभएको बताउनुभएको छ ।
“भ्रष्टाचार नियन्त्रण एकल प्रयासले मात्र सम्भव नभई घर, परिवार, विद्यालय र नागरिक समाजको सामूहिक सहकार्यबाट मात्र सुशासन सम्भव हुन्छ” भन्ने निष्कर्षसहित पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा सोमबार सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका बचतकर्ताको मागदाबी अनुसार बचत फिर्ता प्रक्रिया अघि बढाउन आवश्यक विवरण संकलन कार्य सुरु गरेको छ।
पोखरा–नारायणगढ सडकको वैकल्पिक मार्गका रूपमा रहेको बुद्धसिंह मार्गअन्तर्गत घुमाउनेस्थित त्रिशूली नदीमा निर्माणाधीन मोटरेबल पुलको ठेक्का सम्झौता अन्ततः रद्द गरिएको छ ।
प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय सदस्यहरू, संवत् २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपश्चात् जनताबाट प्राप्त स्पष्ट जनादेशसहित गठन भएको सरकारका तर्फबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा म गौरवान्वित छु ।
सप्तरीको शम्भूनाथ नगरपालिका ३ स्थित शम्भुनाथ सिरुवा रमाइलो मेलामा अभद्र व्यवहार गरेको आरोपमा एक जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।