चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबिचको द्वन्द्वमा कम्तिमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।
हमास र यसका सहयोगीले सन् २०२३ अक्टोबर-७ मा भएको आक्रमण पछि गाजामा बन्धक बनाएका बन्दक विरुद्ध चरम यौन हिंसा गरेको स्वतन्त्र इजरायली अनुसन्धान आयोगले मङ्गलबार जारी गरेको रिपोर्टमा उल्लेख गरेको छ ।
अपाङ्गता भएका, अति विपन्न तथा जोखिममा रहेका समुदायको जीविकोपार्जन तथा आर्थिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशमा 'आशा : समावेशी जीविकोपार्जन र आर्थिक सशक्तिकरण' परियोजना शुभारम्भ भएको छ ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबार नेपाल र स्कटल्यान्ड बिचको खेलका क्रममा वर्षा भएपछि ओभर छोट्याइएको छ ।
विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बन्दै गएको नेपाली चिया निकासीमा भारतले कडाइ गरेपछि यस क्षेत्रमा गम्भीर सङ्कट देखिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका सयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान संसद् समावेशी हुनु सहिदहरूको बलिदानको उपज भएको बताउनु भएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता भिष्मराज आङदेम्बेले वर्तमान सरकारको संसदीय प्रणालीप्रतिको प्रतिबद्धता र निष्ठामाथि शङ्का उत्पन्न भएको टिप्पणी गर्नुभएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरिहनुभएको समयमा प्रधानमन्त्री वालेन्द्र शाह बैठकबाट बाहिरिनुभएको विषयमा जवाफ माग गरेको छ ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार प्रहरीको गाडीलाई लक्षित गरी गरिएको वम विस्फोटमा दुई जना प्रहरीसहित सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसदीय दलको उपनेतामा पार्टी सचिव तथा पूर्वमन्त्री पद्मा अर्याललाई मनोनित गरेको छ।
स्याङ्जाको ६ वटा स्थानीय तहले आफ्नो पालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना भएको घोषणा गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका दुई वटा पालिकाका एकीकृत फोहाेरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएका छन् । क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत एसियाली विकास बैंक (एडीबी) को सहयोगमा कञ्चनपुर र कैलालीमा गरी तीन पालिकामा फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढेको थियो ।
लमजुङका दोर्दी र मर्स्याङ्दी गाउँपालिकाले प्रदेश अस्पताल लमजुङसँगको सहकार्यमा ग्रामीण भेगका नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराउने भएका छन् ।
आइसिसी विश्वकप लिग–२ अन्तर्गत मङ्गलबारको खेलमा स्कटल्यान्डले नेपाललाई घरेलु मैदानमा २४४ रनको चुनौती दिएको छ ।