माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सन्तोषजनक नआएपछि कैलालीमा दुई छात्राले देहत्याग (आत्महत्या) गरेका छन् ।
जलेर गम्भीर घाइते भएका बाबुछोरीको उपचारको क्रममा ज्यान गएको छ । प्युठान नगरपालिका–९, पाहारपाखाका सानु नेपाली र अन्जली नेपालीको उपचारका क्रममा ज्यान गएको हो ।
प्रतिनिधि सभाका सदस्यले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने ठोस योजना ल्याउन सरकारसँग माग गरेका छन् ।
कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले कक्षा ११ मा ४५ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएपछि मङ्गलबार पत्रकार सम्मेलन गर्दै उक्त विद्यालयले केहीलाई निःशुल्क आवाससहित ४५ जनालाई पूर्ण छात्रवृत्तिमा पठनपाठन गराउने जनाएको हो ।
स्वतन्त्र सांसद महावीर पुनले नवप्रवर्तन प्राधिकरण गठन गर्न सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा मंगलबार धारणा राख्दै उहाँले सो माग राख्नुभएको हो ।
मनाङमा यार्चागुम्बा सङ्कलनको सिजन सुरु हुनुअघि सामुदायिक व्यवस्थापन क्षेत्र (सीएमसी) अन्तर्गतका वन तथा घाँसे मैदानमा संयुक्त गस्ती, अनुगमन तथा निरीक्षण गरिएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले निर्वाचनको हारलाई निराशामा होइन, सङ्कल्पमा बदल्नुपर्ने बताउनुभएको छ । जेठ ३ गते मनाइने मदन–आश्रित स्मृति दिवसको तयारीका सन्दर्भमा आज पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले संगठनले हारबाट सिकेर अझ सशक्त रूपमा अगाडि बढ्न आवश्यक रहेको बताउनुभयो ।
बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल परिसरमा घाँस काट्दै स्थानीय महिला । विमानस्थलमा लामो समयसम्म जहाज नचलेपछि अहिले झाडी बनेको छ ।
श्रम संस्कृत पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई ‘साम्पाङ’ ले सरकारले दलहरुले दिएको सल्लाहअनुसार नीति तथा कार्यक्रममा सच्याउन सुझाव दिनुभएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कराते प्रशिक्षक कुशल श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने क्रममा राखेपले सहयोग नगरेको भन्दै विभिन्न सञ्चार माध्याममार्फत लगाएको आरोपप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गर्नुभएको छ ।
पाँचथरको हिलिहाङ गाउँपालिकाले गत वर्ष कालाज्वर देखिएका विभिन्न वडाहरूमा कीटनाशक विषादी छर्कने तथा चेतनामूलक अभियान सञ्चालन गरेको छ ।
नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले देश खरानी हुँदा सरकारको नीति तथा कार्यक्रम मौन रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबिचको द्वन्द्वमा कम्तिमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको छ ।