• २९ वैशाख २०८३, मङ्गलबार

‘देश खरानी हुँदा पनि नीति तथा कार्यक्रमले बोलेन’

blog

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ । तस्बिरः सुजन गुरुङ

गोरखापत्र अनलाइन

काठमाडौँ, वैशाख २९ गते । नेकपा (एमाले)का उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले देश खरानी हुँदा सरकारको नीति तथा कार्यक्रम मौन रहेको प्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।  

प्रतिनिधिसभामा मङ्गलबार विशेष समयमा धारणा राख्दै नेता बादलले त्यस्तो बताउँदै दुई तिहाई सरकारले सुकुमवासीको बस्तीमा परेड खेल्नु गलत भएको बताउनुभयो । ऋण लिएर विकास हुन्न भन्नेहरूले नै हरेक मन्त्रीपरिषद बैठकमा अरबाैं ऋण स्वीकृत गरिरहेको भन्दै उहाँले व्यंग्य गर्नुभयो । 

दुई तिहाइको सरकारको गतिविधिले देशलाई दुर्घटनातर्फ लग्ने सङ्केत देखाइरहेको बताउँदै नेता बादलले देशलाई असाधारण दुर्घटनाबाट जोगाउनेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । सरकारको नीति तथा कार्यक्रमलाई पुनरलेखन गरी देश र जनताको पक्षमा ल्याउन उहाँले सुझाव दिनुभयो ।