कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ कटानका रानाथारू समुदाय व्यावसायिक तरकारीखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।
सूर्योदय, सूर्यास्त, गुर्जा हिमालदेखि धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकनका लागि यहाँस्थित पुनहिल पछिल्लो समय पर्यटकीय आकर्षक स्थल बनेको छ ।
रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते हुनु भएका छन् ।
कैलालीसहित तराईमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । आइतबार बिहानैदेखि हुस्सु लागेको हो । मोन्था आँधीको असरले केही दिन मौसममा बदली भए पनि सुदूरपश्चिम प्रदेशको तराईमा हल्कामात्रै वर्षा भएको थियो ।
कैलालीकी एक महिला १४ वर्षकै उमेरमा विवाह गर्नुभयो । हाल २५ वर्षीय उहाँ विवाहपश्चात् निरन्तर श्रीमान्को यातना खेप्दै आउनुभएको छ । मादक पदार्थ सेवन गरेर श्रीमान्ले जबरजस्ती यौन सम्पर्क गर्न खोज्ने, अस्वीकार गरे कुटपिट गर्ने जस्ता घटना उहाँको जीवनमा भइरहेका छन् ।
गुल्मीको सदरमुकाम तम्घासको दक्षिणतर्फ अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वले भरिपूर्ण स्थान हो, अर्जुन डाँडा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि दैलेखका राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका छन् । शुक्रबार बसेको बैठकले निर्वाचन आयोगले खुलाएको नयाँ मतदाता नाम दर्ताको काममा राजनीतिक दलले सघाउने प्रतिबद्धता जनाएका हुन् ।
दार्चुलामा संस्थागत सुत्केरी हुनेको सङ्ख्या घटेको पाइएको छ । नेपाल सरकारले सन् २०३० सम्ममा संस्थागत सुत्केरी हुनेको सङ्ख्या ९० प्रतिशत पु¥याउने लक्ष्य राखेको भए पनि यहाँ भने घटेको पाइएको हो ।
कात्तिक १३ गतेदेखि भइरहेको वर्षाका कारण आएको बाढीपहिरोले पाँचथरका मुख्य तीनवटा सडक अवरोध भएको छ ।
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम १० वर्षमा ५७ प्रतिशत मात्र सम्पन्न भएको छ । आयोजनाको कामको गति सुस्त भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सो आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन सङ्घीय सरकारसँग आग्रह गर्नुभएको छ ।
मनास्लु क्षेत्र घुम्न गएका आन्तिरिक पर्यटक काठमाडौँको टोखा नगरपालिका –६ का ४४ वर्षीय मिनु ईन्द्र लम्सालको तीनपछि हेलिकोप्टारबाट उद्धार गरिएको छ ।
अर्थतन्त्रमा लगानीको वातावरण कठिन हुँदै छ ।
अन्योल र अनिश्चितताका बिच इतिहासकै एउटा घोर भयानकताका करिब डेढ दर्जन दिन हामीले बिताइसकेका छौँ । यही बिचमा हामीले ठुला सांस्कृतिक र सामाजिक पर्व पनि मनायौँ । उमङ्ग बोकेर आएका चाडपर्वले नेपाल र नेपालीलाई भावनात्मक एकता र आगामी निकासको बाटो पहिल्याउने प्रेरणा पक्कै छोडी गएका छन् । समाज, संस्कार अनि सामाजिक संरचनाले हामीलाई यस्तो विश्वासको आभास गराउँछ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रौतहटका स्थानीय तहमा साविकको निमित्त प्रमुख प्रशासकीय अधिकृतको म्याद थप्ने तयारी गरेको छ ।
एउटा विषम परिस्थितिले निम्त्याएको जेनजी आन्दोलन सम्भावित ठुलो दुर्घटना टार्दै जसरी ‘सेफ ल्यान्डिङ’ भएको छ । आन्दोलनबाट सिर्जित परिस्थिति सहज बन्दै अधिकतम परिणाममुखी हुनुपर्ने थियो तर विकसित घटनाक्र