नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिनुभएको छ ।
निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गर्नुभएको छ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग अवरुद्ध बनेको छ ।
नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनिनुहुन्छ ।
नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उहाँ आज अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नुभएको हो ।
नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा नियुक्त हुनु भएको छ ।
नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले रुसी अनुरोधमा शुक्रबार बन्द बैठक गर्नेछ, जसमा इरानमाथि भएका हवाई हमलाहरूको विषयमा छलफल हुने भएको रुसी सरकारी मिडियाले जनाएको छ । मध्यपूर्व युद्ध दोस्रो महिनातर्फ बढ्दै गर्दा यो बैठक आयोजना हुन लागेको हो ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ ।
लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नुभएका डा.स्वर्णिम वाग्ले नेपालको स्थापित अर्थशास्त्रीमध्येको एक हुनुहुन्छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीमा निशा मेहता नियुक्त हुनुभएको छ ।
प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिनुभए लगत्तै १५ जना नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) मध्यपूर्वमा थप १० हजार भूमि सैनिक परिचालन गर्ने योजना बनाइरहेको छ । यो कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कूटनीतिक विकल्प बाहेक अतिरिक्त सैनिक विकल्प उपलब्ध गराउने उद्देश्यले उठाइएको हो ।