• १३ चैत २०८२, शुक्रबार

स्वास्थ्यमन्त्री मेहताद्वारा पदभार ग्रहण

blog

निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहता ।

काठमाडौँ, चैत १३ गते । निवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या एवं खानेपानीमन्त्री निशा मेहताले पदभार ग्रहण गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएपश्चात् उहाँ मन्त्रालयमा पुगेर पदबहाली गर्नुभएको हो ।

उहाँलाई मन्त्रालयका कर्मचारीहरूले स्वागत गर्नुभएको थियो । पेसाले नर्स उहाँ रास्वपामा स्थापनाकालदेखि नै आबद्ध हुनुहुन्छ । उहाँ प्रतिनिधिसभा निर्वाचनमा रास्वपाको मधेशी ‘क्लस्टर’बाट समानुपातिक सांसद चुनिनुभएको हो ।

सुनसरी इनरुवाकी ३८ वर्षीया मेहताले भारतबाट नर्सिङमा स्नात्तकोत्तर गर्नुभएको छ ।