शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १३ गते । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनुभएको छ ।
अध्यक्ष ओलीले लेख्नुभएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता शाह प्रधानमन्त्री नियुक्त हुनुभएकामा हार्दिक बधाई । नवनियुक्त प्रधानमन्त्री शाहलगायत मन्त्रिपरिषद्का सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।” रासस