शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत १३ गते । मुस्ताङ एयरको हेलिकाेप्टर दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ ।
मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले पाँच जना सवार उक्त हेलिकाेप्टर सम्पर्कविहीन भएको जानकारी दिनुभयो । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकाेप्टर अहिलेसम्म सम्पर्कमा नआएको प्रबन्ध निर्देशक लामिछानेले बताउनुभयो।
दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ । क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको नाइन एन–एएनओ हेलिकाेप्टरमा चार यात्रु र चालक दलका एक जना रहेका छन् । रासस