सप्तरीको राजविराज नगरपालिका–१३ स्थित महावीर माध्यमिक विद्यालयमा दुई जना प्रधानाध्यापक कार्यरत रहेकोप्रति असन्तुष्टि जनाउँदै स्थानीय अभिभावक र युवाहरूले बिहीबार दुवै प्रधानाध्यापकका कार्यकक्षमा तालाबन्दी गरेका छन्।
दिगो वन व्यवस्थापनको अवधारणा लागु भएपछि बर्दिया जिल्लाका सामुदायिक वन अहिले आम्दानीको महत्वपूर्ण स्रोतका रूपमा स्थापित हुन थालेका छन् । काठ तथा दाउरा बिक्रीबाट पछिल्ला दुई आर्थिक वर्षमा सामुदायिक वनले उल्लेख्य आम्दानी गर्दै स्थानीय विकासमा समेत योगदान पु¥याएका छन् ।
छ महिनाअघिको पहिरोले घरबारविहीन बनेका परिवारले सुरक्षित घर पाएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–४, बौरीडाँडाका छ विपन्न परिवारले सुरक्षित घर पाएका हुन् । गत साउनमा परेको बर्सात र पहिरोले घरमा क्षति पु¥याएपछि विस्थापित भएका परिवारले सुरक्षित घर पाएका हुन् ।
दाङस्थित तुलसीपुरमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रे निवासी ३४ वर्षीय गोपाल वलीले बिहीबार साँझ धारिलो हतियार प्रहार गरी २७ वर्षीया श्रीमती कमला वलीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
एचआईभी एड्स संक्रमित व्यक्तिहरुमाथि हुने सामाजिक लाञ्छना र भेदभाव गर्न नहुने बताइएको छ। तम्घासमा स्वास्थ्य कार्यालय गुल्मीले आयोजना गरेको एचआईभी/एड्स लाञ्छना तथा भेदभाव न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राख्नुभएको हो।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली पर्वहरूले सामाजिक सद्भाव, सहिष्णुता र सहयोगको भावना प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने बताउनुभएको छ।
स्थानीयवासीको अवरोधपछि सर्लाहीको कौडेना क्षेत्रमा पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत बक्स कलभर्ट निर्माणको काम रोकिएको छ।
यहाँको लहान नगरपालिका–८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार एक विशेष कार्यक्रमका बीच नवनिर्माण गरिएको चारकोठे भवन, हात धुने स्थान, शौचालय र खानेपानी संरचना हस्तान्तरण गरिएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा नदीको पुल सम्झौता भएको १२ वर्षपछि निर्माण सम्पन्न भएको छ ।
तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइन निर्माणका लागि रुखमा छपान सुरु भएको छ । आयोजनाको प्याकेज तीनअन्तर्गत प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लामा पर्ने रुखहरूमा छपान सुरु गरिएको हो ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले प्रधानमन्त्रीको शपथ लिन लाग्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह र सभापति रवि लामिछानेलाई शुभकामना दिँदै मुलुकको समग्र रूपान्तरणका लागि सारथि बन्न सुझाव दिनुभएको छ ।
जेनजी आन्दोलनपछि देश अन्योल, त्रास र अस्थिरताको अवस्थामा पुगेको थियो । मुलुकलाई जोगाएर शान्ति सुव्यवस्था कायम गरी प्रतिनिधिसभा सदस्य निर्वाचन गर्नुपर्ने मुख्य जिम्मेवारी थियो ।
बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १० वटा गौरवका आयोजना कार्यान्वयन गरेको छ । सडक, पर्यटन, स्वास्थ्य, कृषि, सिँचाइ, भवन, खेलकुुद पूर्वाधार निर्माणसम्बन्धी रु छ करोड २२ लाख बजेट विनियोजन भएका आठवटा योजना सञ्चालन र दुईवटा ठेक्का सम्झौताको चरणमा रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकनमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली गरिएको छ ।