जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने गुम्बाबासी लामो समयदेखि सडक सञ्जालको पहुँचबाट वञ्चित हुँदैआएका छन् । जिल्लाको अन्य गाउँबस्ती सडकको पहुँचमा रहेको भए पनि यहाँका गुम्बाबासी भने पुस्तौदेखि सडक सञ्जालको पहुँचबाट बञ्चित हुँदैआएका हुन् ।
कैलालीको गोदावरी नगरपालिका २ मा रहेको दुर्गालक्ष्मी महिला सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वनको माटो उत्खनन गरेर बिक्री गरेको पाइएको छ ।
सिन्धुली जिल्लाको ग्रामीण क्षेत्रमा पछिल्लो समयमा बर्थिङ् सेन्टर खुल्ने क्रम बढेसँगै घरमै बच्चा जन्माउने क्रम घट्दै गएका छन् ।
यहाँका घरपझोङ, थासाङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका किसान यतिबेला स्याउ बगैँचा व्यवस्थापनमा जुटेका छन् । गुणस्तरीय स्याउ उत्पादन गरी उत्पादकत्व बढाउने उद्देश्यले स्याउको बगैँचा व्यवस्थापन अनिवार्य भएपछि किसानको सक्रियता बढेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार नै रहेकाे बाउनुभएकाे छ । बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ । कार्यालयले गत साउनदेखि कात्तिकसम्म गरेको अध्ययनका क्रममा ५४ प्रतिशत कुखुरामा चिकेन एनेमिया भाइरस भेटिएको हो ।
भगवतीमाई गाउँपालिका–३, मेलतोलीकी अमृताकुमारी खड्काले यही मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिनुभयो । पैतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहनुभएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस बागलुङ प्रतिनिधिसभा क्षेत्र नं.–२ बाट प्रत्यक्षका लागि १० जनाको नाम सिफारिस गरिएको छ ।
लहान नगरपालिका-११, पडरिया बैठारमा समाजका अगुवाहरूको सक्रियतामा कृषकहरूलाई उत्पादनमा जोड दिन कृषि हाटबजार लगाउन सुरु गरिएको छ ।
नेपाली कांग्रेस दैलेखले फागुन २१ गतेका लागि तय प्रतिनिधि सभा निर्वाचनका लागि धमाधम उम्मेदवार चयन गर्न थालेको छ ।
जिल्लाको एउटा विद्यालयले शिक्षक नियुक्तिका लागि पाँचौँ पटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेको छैन ।
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा पोखरामा प्रभातफेरी गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखराको अगुवाइमा प्रभातफेरी गरिएको हो ।
नेपाली कांग्रेस मोरङका ६ वटै सङ्घीय निर्वाचन क्षेत्रका क्षेत्रीय समितिले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम छनोट गरी जिल्ला समितिमा पठाएको छ ।
कैलालीमा बाक्लो हुस्सु लाग्न थालेको छ । हिउँदे याम सुरु भएसँगै बिहानपख बाक्लो हुस्सु लाग्न थालेको हो ।
म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलस्थित करिब एक सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार तथा पुनर्निर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले मन्दिरको पुनर्निर्माण गरिएको हो ।