हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको छ ।
संसदीय समितिले लोकतान्त्रिक शासन व्यवस्था सुदृढीकरणका लागि अनिवार्य सर्त रहेको सुशासन प्रवर्धन गर्न राष्ट्रिय सदाचार नीति जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ । सदाचार नीति बनाउन सरकारलाई सहयोग पुग्ने गरी समितिले नीतिको मसौदासमेत तयार गरी संसद्मा प्रतिवेदन पेस गरेको छ । राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिको अध्ययन प्रतिवेदनले यस्तो आवश्यकता औँल्याएको हो । संसदीय समितिले शासकीय सुधार तथा सुशासन प्रवर्धनसम्बन्धी कार्यक्षेत्रभित्र रही देशमा नैतिकता एवं सदाचार प्रवर्धन गर्न राष्ट्रिय सदाचार नीति बनाउन आवश्यक भएको निष्कर्ष निकालेको छ ।
सरकारले देशभर सञ्चालित तारे होटेलको सेवाको गुणस्तर, दिगोपन, वातावरणीय प्रभाव न्यूनीकरण र वातावरणमैत्री पूर्वाधारमा जोड दिँदै वर्गीकरणको मापदण्ड संशोधन गर्ने भएको छ । पर्यटन विभागका अनुसार तारे होटेलको मापदण्ड संशोधनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं पर्यटन महाशाखा प्रमुख इन्दु घिमिरेको संयोजकत्वमा काम सुरु भएको छ । समितिले विक्रम संवत् २०७६ देखि (विसं २०७७ मा पहिलो संशोधन) प्रचलनमा रहेको मापदण्ड परिमार्जन गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित मापदण्ड अनुसार संशोधनका लागि गृहकार्य थालेको छ ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धामा पूर्वशिक्षामन्त्री नगन्य मात्रै प्रतिस्पर्धामा उत्रिएका छन् । २०६२/६३ को आन्दोलनपछि मुलुकमा करिब दुई दर्जन व्यक्ति शिक्षामन्त्री भएका छन् । पछिल्लो एक दशकमा भने एक दर्जनभन्दा बढी व्यक्ति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्न्नुभएको थियो । तीमध्ये २०६२/६३ को जनआन्दोलनपछि गठन भएको सरकारमा शिक्षामन्त्री बन्नुभएका मङ्गलसिद्धि मानन्धर र प्रदीप नेपाल तथा संविधान जारी भएपछि शिक्षामन्त्री बन्नुभएका धनीराम पौडेलको निधन भइसकेको छ ।
पूर्व शिक्षामन्त्री तथा नेकपा (एमाले) का नेता रघुजी पन्तले बामपन्थीहरु अध्ययनशील हुनुपर्ने बताउनुभएको छ । देशको मुहार फेर्न आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने भएकाले बामपन्थीहरु बढी अध्ययनशील हुनुपर्ने उहाँको भनाइ छ ।
काठमाडौं बौद्धकी साम्राज्ञी मोक्तान १८ औं मिस तामाङको ताज पहिरिनुभएको छ । शनिबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै यस पटकको ताज उहाँले पहिरिनुभएको हो ।
नेपाल आयल निगमले डिजेल र मट्टितेको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी डिजेल र मट्टितेलमा प्रतिलिटर तीन रुपियाँ बढाएको हो। तर पेट्रोल र ग्यासको मूल्य भने यथावत राखिएको छ ।
नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसका लागि सत्ताभन्दा पार्टीको सिद्धान्त र आदर्श प्राथमिकतामा रहेको बताउनुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) रुकुमपश्चिमले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्कल्प पत्र सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमार्फत् नेकपाले चुनावलक्षित प्रतिबद्धता सार्वजनिक गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सरकारसँग उचित सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न माग गर्नुभएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा स्थानीय जनप्रतिनिधिसँग सहकार्य र समन्वय गर्दै अघि बढ्न प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीलाई निर्देशन दिनुभएको छ।
बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ।
शिक्षा पत्रकार समूहले संस्थाका पूर्वमहासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको स्मृतिमा पुरस्कार गर्ने भएको छ ।
मधेश प्रदेशका पत्रकार विजय कुसवाह नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ।