आठ रात नौ दिन लामो भक्तपुरको प्रसिद्ध बिस्केट (बिस्काः) जात्रा शान्ति पूर्णरूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवाला सहमत भएका छन् ।
इलाममा आगामी बैशाखमा अन्तर्राष्ट्रिय साहित्य महोत्सव आयोजना गरिने भएको छ ।
प्रसारण लाइन सुदृढीकरणका लागि भन्दै सल्यानमा शुक्रबार सल्यानमा सात घण्टा विद्युत सेवा अवरुद्ध गरिने भएको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका वडा ३ सारस्वर टोलमा आगलागी हुँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको छ । विद्युत सर्ट भएर बुधबार भएको आगलागीबाट सो मूल्य बराबरको क्षति भएको हो।
छिनछिनमा विद्युत् जाने (ट्रिपिङ) र विद्युत् रोकावट हुने समस्यामा गत आर्थिक वर्षको तुलनामा यस वर्ष उल्लेख्य सुधार देखिएको छ ।
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट सङ्केत दिनुभएको छ । उहाँले आफ्ना निकट सल्लाहकारलाई आगामी केही हप्ताभित्रै द्वन्द्व अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभएको एक प्रतिवेदनले उल्लेख गरेको छ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको नवनिर्मित बहुउद्देश्यीय हलमा आयोजित समारोहमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले उहाँहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले आफ्नो पार्टी संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
शपथ ग्रहण समारोहमा विभिन्न राष्ट्रिय पोशाकमा सांसद सिंहदरबार पुगेका हुन् । सबै सांसदले ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गोपनीयताको शपथग्रहण समारोह अहिले सिंहदरबारमा सुर भएकाे छ ।
नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा तातो हावा ‘लु’ पूर्व तयारी तथा प्रतिकार्य सम्बन्धित गतिविधिको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन गरिएको छ ।
कोशी प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश प्रशासन, वित्तीय व्यवस्थापन र विपद् पुनर्निर्माणसँग सम्बन्धित निर्णयहरू अनुमोदन गरेको हो ।
बैतडीका स्थानीय तहले तहले एक आर्थिक वर्षमै चार करोड ६६ लाख ७८ हजार भन्दा बढी असुल उपर गर्नु पर्ने बेरुजु थपेका छन् ।
डोटी जिल्ला अन्तर्गत पर्ने सेती र कर्णाली नदी क्षेत्रका कतिपय स्थानहरु यतिबेला विदेशी पर्यटकहरुको चहल–पहलले भरिएका छन् । अरु समयमा स्थानीय बासिन्दाको मात्र उपस्थिति देखिने नदी क्षेत्रमा अहिले विदेशी पाहुनाहरूको आवत–जावतले नयाँ रौनकता थपिएको छ ।
पश्चिमी प्रतिबन्ध र भू-राजनीतिक दबाबबिच उत्तर कोरिया र बेलारुसले आफ्नो सम्बन्धलाई औपचारिक रूपमा नयाँ उचाइमा पुर्याएका छन् ।