प्रहरीले चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
बङ्गलादेशको पद्मा नदीमा बस खस्दा २३ जनाको मृत्यु हु्नुका साथै धेरै घाइते भएको अधिकारीहले बताएका छन् । प्रहरी निरीक्षक रसेल मोल्लालाई उदृत गर्दै एएनआईलाईले दुर्घटना रातीको समयमा भएकाले उद्धार कार्य केहि समयका लागि रोकियर उज्यालो भए पछि पुनः सुरु भएको बताउनु भएको छ ।
इलामको प्रसिद्ध पर्यटकीयस्थल सन्दकपुरमा आगामी चैत २० गतेदेखि २३ गतेसम्म आयोजना हुन लागेको तेस्रो रेडपान्डा महोत्सवका लागि १ हजार ५०० बढी पर्यटकहरुले प्याकेज बुकिङ गरेका छन् ।
तनहुँको दमौलीस्थित प्रदेश अस्पतालको प्रशासनिक तथा प्राविधिक सेवालाई थप चुस्त बनाउन नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) जिल्ला समन्वय परिषद् तनहुँले सहयोगको हात बढाएको छ ।
चेपाङ र तामाङ समुदायको बाहुल्यता रहेको मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–१, राम्चेमा दुई कोठे पक्की विद्यालय भवन निर्माण सुरु गरिएको छ ।
नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनप्रति असहमति जनाएको छ ।
इजरायली सेनाले बिहीबार इरानको क्षेप्यास्त्र आक्रमणको जवाफ दिएको दाबी गरेको छ । सेनाले विज्ञप्ति जारी गर्दै इरानबाट इजरायलको क्षेत्रमा प्रहार गरिएका क्षेप्यास्त्रको स्पष्ट पहिचान गरी जवाफ दिएको उल्लेख गर्दै खतरा रोक्नका लागि रक्षात्मक प्रणालीहरू सञ्चालन भइरहेको जानकारी दिएको छ ।
मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण तीव्र भइरहेका छन् भने अर्कोतिर कूटनीतिक पहल अस्पष्ट र विरोधाभासी देखिएका छन् ।
काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ११ को हिलेडोल क्षेत्रमा अनधिकृतरुपमा बनाइएका संरचना भत्काइएको छ । महादेव खोला किनारमा खोलाको मापदण्ड मिचेर बनाइएका संरचना भत्काइएको हो ।
प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ । सेवा सुरु भएसँगै अब उपचारका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।
विगत एक वर्षमा ४ लाख भन्दाबढी आँखाका बिरामीको निःशुल्क उपचार गरिएको छ । नेपाल नेत्रज्योति सङ्घको सञ्जालभित्र आबद्ध २८ आँखा अस्पताल, २२६ आँखा उपचार केन्द्र तथा बिभिन्न बाह्य कार्यक्रमहरु मार्फत ४ लाख ५४ हजार ९ सय ४२ जना आँखाका बिरामीहरुको निःशुल्क उपचार गरिएको हो ।
लगातार बढ्दै गएको इन्धनको मूल्यले तराई मधेशका किसानको दैनिक जीवन मात्र होइन, खेतीपातीको शैलीसमेत परिवर्तन गर्न थालेको छ।
कोरोना भाइरस (कोभिड-१९) को महामारीपछि उत्पन्न आर्थिक सङ्कटका कारण बन्द रहेको शिवसताक्षी नगरपालिका-११ झिलझिलेस्थित पर्यटकीयस्थल ‘वाटर किङडम पार्क’ पुनः सञ्चालन भएको छ ।
सप्तरी प्रहरीले लागुऔषध मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका तीनै जना एकै वडावासी हुन् । उनीहरु उपर अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ ।
मकवानपुरको बकैया गाउँपालिकाले वडा सदस्यको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बिहीबार एक दिन शोक बिदा दिएको छ । गाउँपालिकाको फागुन ११ गतेको निर्णयअनुसार शोक बिदा दिएको हो ।