दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको काम अलपत्र परेको छ । जिल्लाको वेदकोट नगरपालिका–२ र ३ को वनक्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गर्ने तयारी भए पनि रुख कटानको काम नहुँदा निर्माण अलपत्र परेको हो ।
इलामको माईजोगमाई गाउँपालिका–३ का पूजन श्रेष्ठ र लक्ष्मी श्रेष्ठलाई आफूले पालेका बङ्गुर स्याहार्न भ्याइनभ्याइ छ । साना बुच्चादेखि बङ्गुरका माउ र बेच्नयोग्य बङ्गुरको हेरचाह गर्न श्रेष्ठ दम्पतीलाई निकै गाह्रो पर्छ ।
बागलुङमा ६९ मेट्रिक टन कोदो कम उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष उत्पादनमा गिरावट आएको हो । गत वर्ष १० हजार ८०० उत्पादन मेट्रिक टन कोदो उत्पादन भएकोमा यस वर्ष घटेर १० हजार ७३१ मेट्रिक टन उत्पादन भएको छ ।
प्युठानको स्वर्गद्वारी पुग्ने जोकसैको ध्यान छेउछाउका खेतमा रायोको भारी बोकेर उक्लिँदै गरेका मानिसको दृश्यले तान्छ । असोज–कात्तिकदेखि माघसम्म यहाँका बारी एकनासले हरिया हुन्छन् । ठुलो पात, बाक्लो बोट र डाले घाँसको आँठो जस्तो बाँधेर बोक्नुपर्ने भारीले स्वर्गद्वारीको ‘पास्सी रायो’ ले छुट्टै पहिचान बनाइसकेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि सबैको सहयोगको अपेक्षा गर्नुभएको छ ।
सरकारले उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६२० रुपियाँ निर्धारण गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपियाँ निर्धारण गरेको हो ।
निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ ।
कर्णाली विकास बैङ्कको पुनर्संरचनासहित बैङ्कलाई पुनः सञ्चालन गर्ने गरी नेपाल राष्ट्र बैङ्कले महत्वपूर्ण निर्णय गरेर कार्यान्वयन सुरु गरेको छ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको सो बैङ्कका निक्षेपकर्तालाई बचत फिर्ता गर्न नसक्ने स्थिति देखिएपछि घोटालाका आरोपितको सेयर एक प्रतिशतमा झारेर निक्षेपकर्तालाई नै सेयरधनी बनाई बैङ्क पुनर्संरचना गर्ने प्रक्रियामा राष्ट्र बैङ्क अघि बढेको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५१ पैसा र बिक्रीदर १४४ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्की र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबिच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्यसहितका विषयमा संवाद भएको छ । उहाँहरूबिच विकासनिर्माणसँगै फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहयोग गर्ने सन्दर्भमा पनि परामर्श भएको छ ।
सरकारले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गरेको छ । यस्तै २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन
सरकार र जेनजी संयुक्त जनआन्दोलनका अभियन्ताबिच हस्ताक्षर हुने सम्झौतापत्रको मसौदाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि भइरहेको द्विपक्षीय परामर्शमा सम्झौतापत्रको खाका तयार पार्ने गृहकार्य अन्तिम चरणमा पुगेको हो ।
यस वर्षको ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ‘मानव अधिकार ः हाम्रा दैनिक आवश्यकताहरू’ नाराका साथ बुधबार विश्वभर मनाइँदै छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र पारित गरेको स्मरणमा हरेक वर्ष डिसेम्बर १० मा यो दिवस मनाइन्छ ।
जिल्ला अदालत काठमाडौँले तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी) ग्रुपका तेन्जिन दावा लामा भन्ने तेन्जिन राप्तेनलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । एकीकृत कसुरको माग दाबीसमेतका दुई मुद्दामा अदालतले लामालाई धरौटीमा रिहाको आदेश गरेको हो ।
मुन्नाका बुवाआमा सानैमा बिते । बुवाआमा बितेसँगै टुहुरो बनेका मुन्ना सानै उमेरदेखि घरेलु कामदारका रूपमा अर्काको घरमा बस्न बाध्य हुनुभयो । बाध्यताले बालश्रमिक बन्न पुगेका मुन्नाको दैनिकी सानै उमेरदेखि घाँसदाउरा गर्ने र गाई चराउने थियो । त्यही क्रममा उहाँले गाई दुहुन सिक्नुभयो र अहिले त्यही सिप उहाँको जीविकोपार्जन गर्ने बलियो माध्यम बन्यो ।