लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन १२ तले अत्याधुनिक भवन निर्माण तीव्र गतिमा अघि बढेको छ । प्रदेशको ‘गौरवको आयोजना’ मानिएको यस परियोजनाको भौतिक प्रगति हाल ३२ प्रतिशत तथा वित्तीय प्रगति २७ प्रतिशत पुगेको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका कार्यकारी निर्देशक छविराज पोखरेलले जानकारी दिनुभयो ।
गुल्मीमा पछिल्ला केही वर्षयता शिक्षकले पेसा छोड्ने क्रम निरन्तर बढ्दै गएको छ । शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका अनुसार चालु आर्थिक वर्षको चार महिनामै आठ जनाले राजीनामा दिएका छन् । आव २०७९/८० देखि हालसम्म कुल १३२ जना शिक्षकले पद त्याग गरेका छन् ।
नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुट्नुभएको छ ।
अहिले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । अभियानका क्रममा गाउँ गाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले गाउँ गाउँमा मानव अधिकारको सवाल, हिंसा र छाउपडीको असरको विषयमा सचेतना कार्यक्रम गरिरहेको छ ।
कोशी लोकमार्गमा पर्ने धनकुटा साँगुरीगढी गाउँपालिका–६, स्थित मालबासेमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । सोमबार राति करिब १२ बजे मालबासेमा ट्रक अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो ।
ग्रामीण क्षेत्रका महिलाको कार्यबोझ अझै घटेको छैन । घरपरिवार चलाउने सबै जिम्मेवारी महिलाकै काँधमा भएका कारणले दैनिक कार्यबोझ घट्न नसकेको हो । घरायसी कामका साथै वस्तुभाउ पाल्नेसम्मका कामको जिम्मा महिलालाई छ । बिहानैदेखि रातिसम्म घरमा खाना पकाउने, भाँडा माझ्नेदेखि घाँस काट्ने, दाउरा बोक्ने, खेतबारीका काम गर्ने, घरधन्दा समाल्ने र बच्चाको हेरचाह गर्ने सबै काम महिलाले नै समाल्दै आएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोटे भाषा
छाङरु र तिङ्कर दार्चुलामा पर्ने अन्तिम गाउँ हुन् । व्यास गाउँपालिका १ मा पर्ने छाङरुगाउँले भारतसँगको सीमालाई जोड्छ भने तिङ्करगाउँले चीनको ताक्लाकोट सीमानाकालाई जोड्छ । यहाँ सौका समुदायको बसोबास रहेको छ ।
तनहुँमा बालबालिकालाई लक्षित ‘स्वर्णविन्दु प्राशन’ कार्यक्रमप्रति अभिभावकको विश्वास निरन्तर बढ्दै गएको छ ।
श्री जनता आधारभूत विद्यालयका बालबालिकाले बल्ल पक्की भवनका कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका गिद्ध भारततिर गएर मर्न थालेका छन् । स्याटेलाइट जडान गरिएका दुर्लभ डङ्गर र अति सङ्कटापन्न सानो खैरो गिद्ध भारततिर गएर कतिपय मरेका छन् भने कतिपय हराउन थालेका छन् । पछिल्लो दुई वर्षमा भारततर्फ गएकामध्ये स्याटेलाइटजडित दुई गिद्ध मरेका छन् भने दुई वटाको अवस्था अज्ञात रहेको नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) ले जनाएको छ ।
पश्चिम नवलपरासीको सुस्तास्थित फेचुवा १ मा सब–डिभिजन वन कार्यालय प्रतापपुर, सुस्ताको भवन निर्माण सुरु भएको छ । भवनको सोमबार लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार (सन्तु) ले शिलान्यास गर्नुभयो ।
गोरखाको गण्डकी गाउँपालिका – २ याङदी टोलबाट यस वर्ष एक करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । मेहेनत, उचित हेरचाह र अनुकूल मौसमका कारण यस पटक याङदीका किसानले एक करोड रुपियाँको सुन्तला बिक्री भएका हुन् ।
कर्णाली प्रदेशको विकट जिल्ला मुगुमा आजसम्म पनि ९५ प्रतिशत नागरिकले स्थायी विद्युत् सुविधा नपाएको गम्भीर अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै स्थानीय युवाहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई प्रतिकात्मक ‘झरो’ उपहार दिएका छन् ।