त्रेता युगमा भगवान् राम र सीताको विवाहलाई स्मरण गर्दै जनकपुरधाममा मनाइने साताव्यापी विवाह पञ्चमी महामहोत्सवको तिलकोत्सव समारोह अयोध्याधाममा सम्पन्न भएको छ । सोमबार मधेश प्रदेश
दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन् ।
सिन्धुली, मङ्सिर ४ गते । सिन्धुलीको कमलामाई नगरपालिका ४ स्थित च्याउकोट । अग्लो स्थानमा रहेको यहाँबाट जिल्लाको विभिन्न क्षेत्रको रमणीय दृश्य देख्न सकिन्छ । तस्बिरः रासस
चितवन राष्ट्रिय निकुञ्जको सात वटा खोर अहिले बाघले भरिएका छन् । विभिन्न स्थानबाट मानव बस्तीमा प्रवेश गरी आक्रमण गर्ने, स्थानीयमा त्रास फैलाउने जस्ता गतिविधि गरेपछि नियन्त्रणमा लिएर खोरमा राखिँदै आएको छ ।
साथीसँग भएको झगडामा कुटपिट गरी हत्या गरिएका एक व्यक्तिको शव लिन परिवार तथा आफन्त आएका छैनन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटना स्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी गराएको छ ।
पूर्वी नवलपरासीका मुख्य नाकामा जडान गरिएका ७८ प्रतिशत सिसिटिभी नचल्ने अवस्थामा छन् । सिसिटिभी नचल्दा अनुसन्धानमा असहज भएको प्रहरीले जनाएको छ ।
गलकोट नगरपालिकाले ११ वटै वडाको बस्ती बस्तीसम्म सडक पु¥याएपछि नयाँ ट्र्याक खोल्न बन्द गरेको छ । ट्र्याक खोल्न बन्द भएसँगै सडकलाई फराकिलो र स्तरीय बनाउन थालिएको हो ।
जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले विभिन्न रोगसम्बन्धिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । विशेषज्ञ चिकित्सकबाट पालिकास्थित स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरी यहाँका नागरिकलाई घरदैलोमा निःशुल्क उपचार सेवा दिन थालिएको हो ।
फुङ्लिङ, मङ्सिर ४ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ नाम्साली क्षेत्रमा रहेको घुम्ती गाई गोठ । स्थानीय किसानले मौसम र गाईवस्तु चरिचरनका लागि गोठ एक ठाउँबाट अर्को ठाउँ सार्ने गर्छन्। तस्बिरः रासस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रको जग्गा एकीकरणको कामलाई जग्गाधनीको सहमतिको आधारमा अघि बढाउन निर्देशन दिनुभएको छ ।
झापाको दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको अगुवाइमा सडकबाट एक गर्भवतीको उद्धार गरिएको छ । गर्भवतीलाई सुत्केरी बेथाले च्यापेको थाहा पाएपछि तत्कालै उद्धार गरेर दमक अस्पताल पु-याएपछि शिशु जन्मिएको थियो । हाल आमा र शिशु दुवैको स्वास्थ्य राम्रो भएको अस्पतालले जनाएको छ । उहाँको हेरचाह र उपचारको सम्पूर्ण बन्दोबस्त नगरपालिकाले मिलाएको पनि उपप्रमुख प्रसाईले बताउनुभएको छ ।
तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौँबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै जानुभएको छ । आफ्नै क्षमताले काम गर्न रुचाउने उहाँ एक उदाहरणीय कङ्क्रिट ब्लक व्यवसायीका रूपमा स्थापित हुनुभएको हो ।
यहाँका किसानलाई अहिले कामको भ्याइनभ्याइ छ । मुख्यबाली धान काट्ने, निहिनमा सुकाउने, मुठा पार्ने, दाइँ गर्ने र थन्क्याउने चटारो छ ।