गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर मामिला हेर्नुहुने) मुनु महावरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
म्याग्दीको बेनी नगरपालिका–९,स्थित तोरिपानी गाउँका किसानले परम्परागत तरिकाले थाङ्ग्रोमा गरिएको मकै भण्डारण । साथमा पृष्ठभुमीमा देखिएका अन्नपुर्ण, धौलागिरी लगायत हिमाल ।
मोरङको रतुवामाई नगरपालिकाले आन्तरिक आम्दानी नभएका नगर क्षेत्र सामुदायिक विद्यालयले खपत गर्ने विद्युत महसुल भुक्तानी गर्न राहत रकम उपलब्ध गराएको छ ।
जेनजी आन्दोलनका क्रममा कारागार तोडेर भाग्ने क्रममा बेपत्ता भएका मध्ये पूर्वी नवलपरासीबाट ४८ जना पक्राउ गरि कारागार चलान गरिएको छ ।
अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (फआईए) द्वारा प्रदान गरिने प्रेसिडेन्सियल अवार्डको लागि एसिया प्यासिफिक क्षेत्रबाट नेपाल अटोमोबाइल एसोसिएसन (नासा नेपाल) छनोट भएको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले भ्रष्टाचार न्यूनीकरण गरी सुशासन कायम गर्न प्रयत्नरत रहेको बताउनुभएको छ ।
दक्षिण कोरियाका राष्ट्रपति ली जाई म्युङ र उहाँको टोलीले सियोलस्थित ऐतिहासिक ब्लू हाउसबाट पुनः राष्ट्रपतिको दैनिक काम कारबाही सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एशोसिएसन नेपाल ९एन प्याब्सन० तनहुँको आयोजना मङ्सिर २५–२६ मा दमौलीमा खेलकुद महोत्सव हुने भएको छ ।
सन् २०२५ मा पृथ्वी दोस्रो सबैभन्दा तातो वर्षको रूपमा रेकर्ड हुने देखिएको युरोपको वैश्विक तापमान अनुगमन निकायले मङ्गलबार जनाएको छ । यो वर्षको तापमान सन् २०२३ सँग बराबरी हुने बाटोमा रहेको उक्त संस्थाले जनाएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणसँग सम्बन्धित ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा देशको अर्थतन्त्र र रोजगारीमा असर परेको बताउनुभएको छ ।
रूसी विदेश मन्त्रालयले हालै अद्यावधिक गरिएको नयाँ अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले द्वन्द्व अन्त्यका लागि दुई पक्षबिच साझा आधार प्रस्तुत गरेको बताएको छ ।
बेलायतका प्रधानमन्त्री कीर स्टारमरले रूस-युक्रेन शान्ति वार्ताको विषयमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर फ्रेडरिक मेर्जसँग लन्डनमा वार्ता गर्नु भएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा विराटनगर महागरपालिका भने महिला सशक्तीकरणका लागि अघिल्ला वर्षहरुमा गरेका कामबाट प्राप्त प्रतिफलको समिक्षामा व्यस्त छ ।
हिमालयन विलोले राष्ट्रिय क्रिकेट टोलीका सदस्य नन्दन यादवलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।
चीनले राज्यनियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।