समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
चालु आर्थिक वर्षमा बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार फेला परेकामध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका छन् । सबै बिरामी नियमित रूपमा औषधी सेवन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
सरसफाइ अभियन्ताका रूपमा चिनिँदै आउनुभएका केपी खनालको अब थप परिचय बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट विजयी भएसँगै २६ वर्षीय खनालको परिचयमा प्रतिनिधि सभा सदस्य बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्नुभएका खनालले १९ हजार ५७ मत प्राप्त गर्नुभएको थियो । हाल कैलालीको क्षेत्र नं. २ कै लम्कीचुहा नगरपालिका–३ मा बसोबास गर्दै आउनुभएका खनाल अछामको रामारोशन गाउँपालिका–४, बाटुलासैनमा जन्मनुभएको थियो ।
रौतहटको गौरमा रहेको दिव्य दृष्टि एकेडेमी गौरका विद्यार्थीको आँखा परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा नेपाल नेत्रज्योति सङ्घद्वारा बिद्यालय आँखा जाँच कार्यक्रमअन्तर्गत विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो ।
गुल्मीमा ‘भिक्टोरिया क्रस’ विजेता कर्णबहादुर रानाको शालिक अनावरण गरिएको छ। ब्रिटिश सेनाको सबैभन्दा उच्च र दुर्लभ वीरता पदक ‘भिक्टोरिया क्रस’ सबैभन्दा कम उमेरमा पाउने रानाको शालिक अनावरण गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज अपराह्न वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा हुने भएको छ ।
पाल्हीनन्दन, चैत १२ गते । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली भएको हो । भन्सार कार्यालयका प्रमुख विकास उपाध्यायले बाँकी चार महिनामा १४ प्रतिशत राजस्व सङ्कलन लक्ष्य पूरा गर्न चुनौतीपूर्ण रहे पनि कार्यालयले प्रयास गरिरहेको बताउनुभयो । चालु आवको साउनमा रु एक करोड ६४ हजार ५९७, भदौमा रु एक करोड ५९ लाख ११ हजार ५४२, असोजमा रु एक करोड ९१ लाख ९५३, कात्तिकमा रु ८७ लाख २५ हजार २९७, पुसमा रु एक करोड २३ लाख ९८ हजार ६३६ र फागुनमा रु एक करोड ३९ लाख ४५ हजार ५८४ राजस्व असुली भएको उहाँले जानकारी दिनुभयो ।यसैगरी मङ्सिर महिनामा रु एक करोड ८३ लाख ३२ हजार ६८३, माघमा रु एक करोड ६९ लाख ३० हजार १४१ अर्थात् लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । रासस
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।
सुनसरीका किसान यतिबेला चैते धान रोप्न व्यस्त छन् । पर्याप्त सिँचाइ सुविधा पुगेका र सिमसार क्षेत्रका किसानलाई हाल धान रोपाइँ गर्न भ्याइनभ्याइ छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको राधाकृष्ण फुटबल मैदानलाई रङ्गशाला बनाउने योजना वर्षौदेखि अलपत्र रहेको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उहाँको जीवनको लय मोडियो । राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बित्यो ।
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ ।
तनहुँको शुक्लागण्डकीमा जारी पाँचौ शुक्लागण्डकी महोत्सवलाई स्थानीय धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवरधन गर्ने माध्यम बनाइएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।