• १२ चैत २०८२, बिहिबार

दुई सय ४२ विद्यार्थीको आँखा परीक्षण

blog

गौरस्थित दिव्य दृष्टि एकेडेमीमा सञ्चालित आँखा शिविरमा चस्माका लागि रिफर गरिएका विद्यार्थी । तस्बिर सौजन्य : गौर आँखा अस्पताल ।

प्रवीण कुमार शर्मा
रौतहट, चैत १२ गते ।
रौतहटको गौरमा रहेको दिव्य दृष्टि एकेडेमी गौरका विद्यार्थीको आँखा परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा नेपाल नेत्रज्योति सङ्घद्वारा  विद्यार्थी आँखा जाँच कार्यक्रमअन्तर्गत विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो ।

गौर आँखा अस्पतालका अनुसार बुधबार दिव्य दृष्टि एकेडेमीका कुल २४२ जना विद्यार्थीको आँखा परीक्षण गरिएको छ ।  उहाँले आँखा परीक्षणका क्रममा दृष्टिदोष देखिएका २६ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको जानकारी दिनुभयो ।

यस्तै सामान्य समस्या देखिएका नौ जना विद्यार्थीको आँखाको औषधी उपचार गरिएको पनि उहाँले बताउनुभयो । गौर आँखा अस्पतालले विद्यालयमै आएर विद्यार्थीको निःशुल्क आँखा जाँच गरेर उदाहरणीय कार्य गरेको विद्यालयका प्राचार्य हिमालय जयसवालले बताउनुभयो । विद्यार्थीहरुको स्वास्थ्यसम्बन्धी परीक्षणका लागि समय समयमा यस्ता शिविर आयोजना गर्न विद्यालय प्रतिबद्ध रहेको उहाँले बताउनु भयो ।

विद्यालयमा सञ्चालित शिविरमा गौर आँखा अस्पतालका अमित दास, सुशिला पासवान र सत्येन्द्र पाण्डे लगायतले आँखा परीक्षण गर्नु भएको थियो ।