कर्णाली विकास बैङ्कको पुनर्संरचनासहित बैङ्कलाई पुनः सञ्चालन गर्ने गरी नेपाल राष्ट्र बैङ्कले महत्वपूर्ण निर्णय गरेर कार्यान्वयन सुरु गरेको छ । नेपालगन्जमा केन्द्रीय कार्यालय रहेको सो बैङ्कका निक्षेपकर्तालाई बचत फिर्ता गर्न नसक्ने स्थिति देखिएपछि घोटालाका आरोपितको सेयर एक प्रतिशतमा झारेर निक्षेपकर्तालाई नै सेयरधनी बनाई बैङ्क पुनर्संरचना गर्ने प्रक्रियामा राष्ट्र बैङ्क अघि बढेको हो ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ५१ पैसा र बिक्रीदर १४४ रुपियाँ ११ पैसा निर्धारण गरिएको छ ।
प्रधानमन्त्री सुशीला कार्की र भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरबिच शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मङ्गलबार भएको शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, आपसी सहकार्यसहितका विषयमा संवाद भएको छ । उहाँहरूबिच विकासनिर्माणसँगै फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा सहयोग गर्ने सन्दर्भमा पनि परामर्श भएको छ ।
सरकारले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गरेको छ । यस्तै २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शन
सरकार र जेनजी संयुक्त जनआन्दोलनका अभियन्ताबिच हस्ताक्षर हुने सम्झौतापत्रको मसौदाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि भइरहेको द्विपक्षीय परामर्शमा सम्झौतापत्रको खाका तयार पार्ने गृहकार्य अन्तिम चरणमा पुगेको हो ।
यस वर्षको ७७ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस ‘मानव अधिकार ः हाम्रा दैनिक आवश्यकताहरू’ नाराका साथ बुधबार विश्वभर मनाइँदै छ । सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र पारित गरेको स्मरणमा हरेक वर्ष डिसेम्बर १० मा यो दिवस मनाइन्छ ।
जिल्ला अदालत काठमाडौँले तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी) ग्रुपका तेन्जिन दावा लामा भन्ने तेन्जिन राप्तेनलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । एकीकृत कसुरको माग दाबीसमेतका दुई मुद्दामा अदालतले लामालाई धरौटीमा रिहाको आदेश गरेको हो ।
मुन्नाका बुवाआमा सानैमा बिते । बुवाआमा बितेसँगै टुहुरो बनेका मुन्ना सानै उमेरदेखि घरेलु कामदारका रूपमा अर्काको घरमा बस्न बाध्य हुनुभयो । बाध्यताले बालश्रमिक बन्न पुगेका मुन्नाको दैनिकी सानै उमेरदेखि घाँसदाउरा गर्ने र गाई चराउने थियो । त्यही क्रममा उहाँले गाई दुहुन सिक्नुभयो र अहिले त्यही सिप उहाँको जीविकोपार्जन गर्ने बलियो माध्यम बन्यो ।
दार्चुलाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दार्चुला जिल्लाको उत्तरी क्षेत्र कालापानी र चीनको नाका आसपास केन्द्रविन्दु भएर केहीबेर अघि ९ः२४ मिनेट जाँदा चार दशमलटव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।
रुपन्देहीमा शुद्धोधन उद्योग बाणिज्य कृषि पर्यटन तथा सांस्कृतिक महोत्सव २०८२ आयोजना हुनेभएको छ ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत–१ बाट नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ ।
इन्डोनेसियाको राजधानी जकार्तामा मङ्गलबार सात तल्ले कार्यालय भवनमा लागेको आगलागीमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
नेकपा (एमाले) का सचिव तथा एमाले महाधिवेशनको खाद्य व्यवस्थापन समितिका संयोजक लेखराज भट्टले पार्टीको आगामी महाधिवेशन विचार र नेतृत्व निर्माण गर्ने महत्वपूर्ण मञ्च सावित हुने बताउनुभएको छ ।
हङकङमा दशकौँयताकै सबैभन्दा भीषण आगलागीमा मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ ।
चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् ।