बर्दियामा पहिलो पटक तीन पुस्तालाई एउटै थलोमा समेटेर किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी अन्तरपुस्ता संवाद तथा अभिमुखीकरण कार्यक्रम सुरु गरिएको छ । राधाकृष्ण थारू जनसेवा केन्द्रले सञ्चालन गरेको उक्त कार्यक्रम किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार परियोजना अन्तर्गत अघि बढाइएको हो ।
पूर्व पश्चिम राजमार्गको हेटौँडा–नारायणगढ सडक खण्डमा बुधवार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परी तीनजना घाइते भएका छन् ।
सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि जिल्लाभर ३५ वटा परीक्षा केन्द्र कायम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मलङ्गवाले गत वर्षको भन्दा तीनवटा कम परीक्षा केन्द्र कायम गरेको हो ।
भोजपुर जिल्लाबाट श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार शेरधन राईलाई
सप्तरीका चार जना सांसदले मातृभाषामा शपथ लिने हुनुभएको छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबाट निर्वाचित तीन जना प्रत्यक्ष र एक जना समानुपातिक सांसदले मातृभाषामा शपथ लिन लाग्नुभएको हो।
दलित समुदायभित्र पनि निकै पछाडि रहेको बादी समुदायले पहिलो पटक सङ्घीय संसद्मा प्रतिनिधित्व पाएको छ । हालै सम्पन्न निर्वाचनमा सुर्खेतमा जन्मिएकी सीता बादी पहिलो पटक सङ्घीय संसद्मा सांसद बन्नुभएको हो । उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा समानुपातिक सूचीबाट सांसद बन्नुभएको हो ।
खेल विज्ञानको प्रशिक्षक प्रशिक्षणमा रहँदै गर्दा उहाँले आफूले पढेको, बुझेको र काम गरेको क्षेत्रलगायतका समस्या नीति निर्माण तहमा पुगेर लागु गर्ने अठोट लिनुभएको थियो ।
सम्झौता भएको चार वर्षपछि कर्णाली कोरिडोरको खार्पुनाथ गाउँपालिका–५ को खार्पुको दोजाम कर्णाली नदीमाथि धमाधम पक्की पुल निर्माण भइरहेको छ । हिल्सा–सिमकोट सडक योजनाले बारम्बारको ताकितापछि निर्माण कम्पनीले आगामी जेठ मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी पुल निर्माणलाई तीव्रता दिइएको हो ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन वटा बस्ती युवाविहीन भएका छन् । गत फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न आएका अधिकांश युवा कामका लागि फेरि चीनको ताक्लाकोट र केही काठमाडौँ फिर्ता भएपछि हाल ती बस्ती युवाविहीन भएका हुन् ।
बैतडी सदरमुकामका गाउँमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सयौँ घरपरिवार टेलिफोन र इन्टरनेटबाट वञ्चित भएका छन् । बैतडीको सदरमुकामको दशरथ चन्द नगरपालिका–४ को गोठालापानी, सपराली, पारिबवेत, ज्यूताली, खोलीजर्गलगायतका अधिकांश गाउँमा फोन नलाग्दा नेटवर्कको खोजीमा स्थानीय डाँडातिर उक्लिने गरेका छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
चालु आर्थिक वर्षमा बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार फेला परेकामध्ये ६६ जना पुरुष र २१ जना महिला रहेका छन् । सबै बिरामी नियमित रूपमा औषधी सेवन गरिरहेको उहाँले जानकारी दिनुभयो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
सरसफाइ अभियन्ताका रूपमा चिनिँदै आउनुभएका केपी खनालको अब थप परिचय बनेको छ । गत फागुन २१ गते सम्पन्न निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट विजयी भएसँगै २६ वर्षीय खनालको परिचयमा प्रतिनिधि सभा सदस्य बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्नुभएका खनालले १९ हजार ५७ मत प्राप्त गर्नुभएको थियो । हाल कैलालीको क्षेत्र नं. २ कै लम्कीचुहा नगरपालिका–३ मा बसोबास गर्दै आउनुभएका खनाल अछामको रामारोशन गाउँपालिका–४, बाटुलासैनमा जन्मनुभएको थियो ।
रौतहटको गौरमा रहेको दिव्य दृष्टि एकेडेमी गौरका विद्यार्थीको आँखा परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सहयोगमा नेपाल नेत्रज्योति सङ्घद्वारा बिद्यालय आँखा जाँच कार्यक्रमअन्तर्गत विद्यार्थीको आँखा परीक्षण तथा उपचार गरिएको हो ।