अर्जुन चौपारी गाउँपालिका–१ मा आयोजित खुला वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि गल्याङ नगरपालिका –७, तोलातुङ्ग भलिबल क्लबले जितेको छ ।
मालिका गाउँपालिकाले यस सडकको बतासे–फूलबारी खण्डमा स्तरोन्नतिका लागि आयोजना सुरु गरेको हो । विसं २०६६ मा मार्ग खुलेको यस सडक सामान्य मर्मतको भरमा सञ्चालन हुदै आएको थियो ।
सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधि सभा सदस्यको पद तथा गोपनीयताको शपथ व्यवस्थापनमा सक्रिय भएको छ। बिहीबार अपराह्न २ बजे शपथ समारोह आयोजना हुने योजना छ।
हुन त यो चैत वैशाखको याम जताततै रुखबिरुवामा पालुवा पलाउने र हरियाली हुने समय हो । तर, यसपटक भने काठमाडौँ उपत्यकामा अघिल्ला वशन्तहरु भन्दा केही बढी हरियाली छाएको देखिएको छ ।
झापा जिल्लाको दमक–१० स्थित एक ठूलो कुखुरा फार्ममा बर्डफ्लुको संक्रमण पुष्टि भएपछि करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ। यस घटनाले स्थानीय कुखुरापालक किसानहरूमा गम्भीर चिन्ता थपेको छ।
काठमाडौँ, चैत १२ गते । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा दुई हजार ९०० ले घटेको छ भने चाँदी पनि १०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ८२० कायम भएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १७० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस
मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले गाउँबस्तीमै पुगेर सेवाग्राहीलाई एकीकृत सेवा प्रदान गरेको छ । ‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नारासहित जनप्रतिनिधि र कर्मचारी गाउँटोलमै पुगेर विभिन्न सेवा उपलब्ध गराएका हुन् ।
हिमाली जिल्ला हुम्लामा खाना पकाउने ग्यासको अभाव देखिएको छ। सातवटै गाउँपालिका केन्द्रमा पहिले पाउने ग्यास हाल उपलब्ध नहुँदा स्थानीयवासीलाई समस्या परेको हो।
पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने–पोखरा) मा कालोपत्रको काम अन्तिम चरणमा पुगेसँगै यात्रुहरूको यात्रा सहज र सुलभ बनेको छ ।
विगत नौ महिनादेखि अन्धकारमा रहेका हिमाली गाउँपालिकाका दुर्गम बस्तीहरूमा पुनः बत्ती बलेपछि स्थानीयवासी खुसी भएका छन्। गत साउन २८ गते राति विच्छ्या खोलामा आएको बाढीपहिरोले लघुजलविद्युत आयोजनाको नहर भत्काएपछि यहाँका बस्तीहरू अन्धकारमा डुबेका थिए।
छब्बिस वर्षकै उमेरमा सङ्घीय संसद्मा प्रवेश गर्दै गर्दा मनिष खनालमा देश र समाजका लागि केही गर्छु भन्ने भाव प्रष्ट झल्कन्छ । नवलपुर–२ बाट नेकपा (एमाले) का तिलक महतलाई २५ हजार ५९२ मतको फराकिलो मतान्तरले पराजित गर्नुभएका खनालले ४१ हजार २४७ मत प्राप्त गर्नुभयो । युवापुस्ताको प्रतिनिधिका रूपमा उदाउनुभएका खनालले जेनजी आन्दोलनको मर्मलाई मर्न नदिने गरी काम गर्ने बताउ
नवलपुरका सक्रिय पत्रकार अमितकुमार विश्वकरमाको निधन भएको छ । उहाँको ४० वर्षको उमेरमा बुधबार दिउँसो भरतपुर अस्पतल चितवनमा निधन भएको परिवारले जनाएको छ ।
यस वर्ष उपल्लो मुस्ताङको ल्होमन्थाङ गाउँपालिका–२, छोसेरकी छिमी ल्हामो गुरुङ यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारीमा व्यस्त हुनुहुन्छ । अत्यधिक चिसो बढेसँगै कात्तिक महिनामा घुम्ती कक्षाका लागि पोखरा जानुभएकी छात्रा गुरुङसँग परीक्षामा सहभागी हुने आफ्नै विद्यालयका साथी छैनन् । तिब्बतको सिमानामा पर्ने दिव्यदीप माध्यमिक विद्यालय, छोसेरबाट यस वर्ष छात्रा गु
लामो समयसम्म नेपाली कांग्रेसको राजनीति गरेका विक्रम खनाल हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम समयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्दै पश्चिम नवलपरासी–१ बाट भारी मतान्तरले निर्वाचित हुनुभयो । उहाँले आफ्नो पूर्वपार्टी नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरीलाई करिब ३६ हजार मतान्तरले पराजित गर्नुभयो । खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले नौ हजार ५०२ मत पाउनुभयो ।
गोरखाको बेनीघाट–आरुघाट–लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–३ मा पर्ने मनास्लु पदमार्गको तातोपानी खण्ड २४ घण्टाका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।